कोरोना संक्रमण बढेपछि सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण प्रणालीमा परिवर्तन गरेको छ।

लकडाउन खुकुलो बनाएसँगै उपत्यकाभित्र सवारी साधन भित्रिनेको संख्या बढेकाले संक्रमण जोखिम थपिएको भन्दै सवारी पास वितरण प्रणाली परिवर्तन गरेको हो ।

कार्यालयले अत्यावश्यक कार्यको लागि मात्रै पास वितरण गर्ने विज्ञप्ति जनाइएको छ।

जसअन्तर्गत मृत्यु संस्कार, शुभ विवाह, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, सरकारी तथा संघ संस्थाका कर्मचारी, आयोजना, परियोजनामा कार्यरत कर्मचारी, नेपाल सरकारका प्राथमिकता प्राप्त आयोजनामा आवश्यक पर्ने जनशक्तिले मात्रै पास पाउने छन्।

त्यस्तै अत्यावश्यक कामका लागि उपत्यका भित्रिएका सवारीको हकमा काम सकाएर फर्किदा अन्य व्यक्तिलाई लिएर जान नपाइने गरी पास जारी गर्ने गरी नयाँ नियम लागू गरेको छ ।

सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भएको छ।

यस्तो सूचना

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।