बारामा एसएसबीद्वारा स्थानीयमाथि कुटपिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । जिल्लाको विश्रमपुर गाउँपालिका–४ मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच झडप भएको छ ।

मंगलबार बिहान सीमा नजिकैको खेतमा जाँदा एसएसबी टोलीले एक स्थानीयमाथि कुटपिट गरेका थिए।

कुटपिट गरेको थाहा पाएपछि स्थानीय जम्मा भएर एसएसबीमाथि ढुंगामुढा गरेको वडा नम्बर ४ का वडाध्यक्ष मदनप्रसाद यादवले जानकारी दिए ।

वडाध्यक्ष यादवका अनुसार झडपमा करिब १०/१२ जना सामान्य घाइते भएका छन् । अहिले दुबैतर्फ सुरक्षाकर्मी परिचालन गरिसकेको एसपी कृष्ण पङ्गेनीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।