add

प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हावी हुन्छ : सभापति देउवा






ActPro Nepal

|

२६ भदौ, २०८१

|
128

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रबृत्ति हावी हुने बताएका छन्। प्रजातान्त्रिक समाजवाद नहुँदा तानासाहहरु जन्मिने उनको भनाइ थियो। 

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यक्ता भएको औंल्याए। 

‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानासाहीवाद हुन्छ। प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो। त्यसकारण आजको सन्दर्भमा बीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’ उनले भने। 

सभापति देउवाले वीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समय अनुसार परिर्वतन हुनसक्ने नेताका रुपमा चित्रण गरे।

‘नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गार्हो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ। उहाँले छोडेर जानु भएको प्रजातान्त्रिक पद्धती र समाजवादलगायतका धेरै कुराहरुलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई वीपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ,’ उनले भने।

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा. डिला संग्रौलालगयत बीपीको विचार र आजको सन्दर्भमाथि धारणा राखेका थिए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.