add

सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन






ActPro Nepal

|

२५ भदौ, २०८१

|
260

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषका अधिकारीसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको उनले उल्लेख गरे । सञ्चयकर्ताको विश्वास टुट्न नदिने गरी कोष अघि बढ्न आवश्यक रहेको उनले बताए ।

“...सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला । कोषले सञ्चयकर्तालाई निपेक्ष रहने तहमा होइन, सञ्चयकर्तालाई आकर्षित गर्नुस्,” उनले भने, “सञ्चयकर्तालाई आकर्षित गर्दा क्षति/नोक्सानीको कोणबाट होइन, उपलब्धिको कोणबाट हेर्नुस् ।”

कोषले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्नुपर्नेमा उनले जोड दिए । उनले दक्ष र क्षमतावान् जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए ।

“५०० दरबन्दीमा ३७१ ले काम गरिराख्नुभएको छ । कोषमा दरबन्दी धेरै भयो । ३७१ कर्मचारीले गर्नुभएकै छ,” उनले भने, “कोष ओएमएनमा जानुपर्छ । दरबन्दी आवश्यकताअनुसार घट्ने र बढ्ने गर्छ ।”

उनले नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको बताए । प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने भएकाले कोषले सोहीबमोजिम गर्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.