add

कोभिड १९ को संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था छैनः स्वास्थ्य मन्त्री






ActPro Nepal

|

१८ वैशाख, २०७८

|
1175

काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशिल रहेको बताए ।

मन्त्री त्रिपाठीले कोभिड उपचारका लागि आवश्यक पर्ने औषधीहरु दुईतीन दिनमै ल्याइने जानकारी दिए । भारतमा संकट गहिरिँदा अक्सिजन आपूर्तिमा समस्या भएपनि आतंकित हुनपर्ने अवस्था नरहेको बताए ।

‘सबै जिम्मा सरकारले लिएको छ । सरकार प्रतिबद्धता पुरा गर्न कटिबद्ध छ’ मन्त्री त्रिपाठीले भने ‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छाडेको छैन । जिम्मेवारीका साथ सरकार कर्तव्यपालनमा अघि बढेको छ ।’

भ्याक्सिन र अक्सिजन जोहो गर्न सरकार दत्तचित्त भएर लागेको जानकारी दिँदै मन्त्री त्रिपाठीले व्यवस्थापनमा भएको त्रुटीको नैतिक जिम्मेवारी मन्त्रीको हिसाबले आफूले लिने बताए ।

संक्रमणको दरलाई घटना निषेधाज्ञा महत्वपूर्ण रहेको बताउँदै उनले यसमा सहयोग गर्न आग्रह गरे ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.