add

तीन पूर्व प्रधानमन्त्रीको कुण्ठाले अलमलिएको नेकपा र ओली नेतृत्वको सरकार






ActPro Nepal

|

१ साउन, २०७७

|
938

-गणेश श्रेष्ठ/नारायण घिमिरे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न कलह उत्कर्षमा पुगेर केही शान्त भएकोछ । पार्टी स्थायी समितिको बैठक एक हप्ताको लागि स्थगित भए पछि नेता तथा कार्यकर्ताहरुले केही राहतको श्वास फेरेका छन् । शीर्ष नेताहरूको पछिल्लो अभिव्यक्तिहरुले पार्टीको आन्तरिक जीवनमा देखिएको संकट समाधानतर्फ अगाडि बढिरहेको देखिन्छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली माथि लाग्दै आएको एउटा आरोप हरेक निर्णयहरु एक्लै गर्ने, अरु कसैलाई नटेर्ने पार्टी र सरकार दुवै आफ्नो ईच्छा अनुसार संचालन गर्यो भन्ने नै हो । पार्टी भित्र सृजना भएको विवादको मुख्य विषय पनि यहि नै हो कि प्रधानमन्त्रीले हरेक कुराहरुमा एकलौटी गरे, हामीले भनेको केही मानेनन् ।
फाइल फाेटाे

हरेक महत्त्वपूर्ण नियुक्तिहरुमा आफुहरुले पनि भाग पाउनुपर्ने आवाज उठाएर पार्टी र सरकार दुबै कब्जा गरे भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको विरुद्धमा मोर्चाबन्दी गर्न शुरु गरेको प्रष्ट देखिन्छ । समृद्धि र सुखी नेपालीको नाराले सरकारको लोकप्रियता चुलिए पछि तिल्मिलाएकाहरु राष्ट्रियताको सवालमा समेत सरकारले स्पष्ट अडान राखेपछि विक्षिप्त बनेको देखिन्छ ।

मिचिएको भूमि फिर्ता लिने अभियानमा वर्षौ देखि छिमेकी राष्ट्र भारतको कब्जामा परेको हाम्रो भूमि कालापानी, लिपुलेक र लिम्पियाधूरा क्षेत्र समेटेर नक्सा जारी गर्न सफल भएको छ। संसदमा सबै दलको सहमतिमा एकै स्वरले नयाँ नक्सा सहितको निशान छापका निम्ति संविधान संशोधन गरिएको हो। सरकारले सबै पार्टी र राजनीतिक दलहरूलाई समेटेर अगाडि बढेको यो महत्त्वपूर्ण उदाहरण हो।

पछिल्लो समय राष्ट्रियताको सवालमा कस्ले जस लिने भन्ने होडबाजी नै चलेको छ। को धेरै राष्ट्रवादी भन्ने प्रमाणित हुन यो या त्यो बाहानामा अभिव्यक्तिहरु सार्वजनिक गर्ने रमाइलो जात्रा देखिएको छ। प्रधानमन्त्री केपी ओलीले कसैले भनेको मान्दैन, कसैको कुरा सुन्दैन। पार्टी र सरकार दुबै एक्लैले चलायो त्यसैले अब पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिनुपर्छ भन्नेहरु नै पछिल्लो समय मिचिएको भूमि फिर्ता लिने र नयाँ नक्सा प्रकाशनको काम मैले नै गर्न लगाएको हुँ।

राष्ट्रियताको सवालमा मैले भने अनुसारनै केपी ओलीले निर्णय गरेकाहुन्। तसर्थ केपी ओली भन्दा कम राष्ट्रवादी कसरी भए भन्दै प्रश्न गर्न थालेकाछन् । अनि अन्य नेताहरु हो मा हो मिलाउदै छन् । पहिला भनेको मानेनन् एक्लै अगाडि बढ्यो भन्दै घेराबन्दी गर्नेहरु अहिले हाम्ले भने अनुसार गरेकाहुन् भन्दै लोक हसाउने वक्तव्यको वयान दिइरहेका छन  । जुन हजार जिव्रो भएका शेषनागले पनि गर्न सक्दैनन् की !

वास्तावमा नेकपा र ओली नेतृत्वको सरकारको मुख्य बाधक भनेकै तीन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाल हुन । उनीको कुण्ठाले न सरकारले कामका लागि दौडिन पायो न त नेकपाले नै नयाँ जीवन पायो रु निकास दिनुपर्ने स्थानमा रहेका शीर्ष नेताहरू नै अनेक खालका दन्त बझान गर्ने र यो कार्यकार्लमा ओलीले राम्रो गरे अर्को पाँच वर्ष पनि सरकार बाहिरै रहिन्छ कि भन्ने डरबाट ग्रसित देखिन्छन । त्यसकारण उनीहरूले हरतरहले अनेक समस्या सिर्जना गर्न लागि परेका छन ।

जीवनमा कुनै पनि प्रधानमन्त्रीले मोल्न नसक्नेल जोखिम ओलीले उठाएका छन । जनताले ओलीका लागि होइन भोलिका लागि भन्दै हौसला दिइरहेका छन तर तीन पूर्व प्रधानमन्त्री सीमित व्यापरीको स्वार्थमा काम गराउन पाइएन भनेर कुण्ठाको राजनीतिमा केन्द्रित देखिएको छन । यो भोलिको दिनका लागि पनि त्यति सुःखद् होइन ।त्यसकारण यस्ता गलत प्रवृतिका बारेमा सबैले खरबदारी गरौँ ।

(श्रेष्ठ र घिमिरे नेकपा नुवाकोटको सचिवालय सदस्य हुनुहुन्छ ।)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.