add

गुरुपुर्णिमा विशेष: युवा उमेरमै सही मार्ग र जीवनको अर्थ बुझाउने महायोग






ActPro Nepal

|

२० असार, २०७७

|
5657

पहिलो गुरु भनेको नै आमा बुवा हुनुहुन्छ किनकी आमा बुवाको माध्यमबाट नै बच्चाले यो संसारलाई बुझ्न शुरु गर्छ, भनिन्छ पूर्व जन्मको पाप र पुण्यको आधारमा मानिसले कस्तो कुलमा जन्म लिन्छ भन्ने निर्धारण हुन्छ ।

दैवकृपाले म बुवा आमा श्रीटापेन्द्र रिजाल र रन्जु रिजालको छोरीको रुपमा विक्रम संवत २०५८ प्रजातन्त्र दिवसको दिनमा जन्म लिएर आए र त्यही दिनदेखि शुरु भयो यो संसारको मेरो जीवनको यात्रा ।

हिन्दू धर्म मान्ने कुलमा जन्म लिनु नै मेरो लागि गौरवपूर्ण कुरा थियो त्यसमाथि बुवा आमाको रुपमा वहाँलाई पाउनु अझ ठुलो कुरा हो।

आधुनिक युग शुरु भैसकेको थियो,आधुनिकताको नाममा धैरे राम्रा कुराको वर्षा भएको थियो र साथमा केही विकृतिको हावापनि, मनुष्यको एउटा प्राकृतिक स्वभाव हुन्छ उसले सकारात्मक कुरा भन्दा नकरात्मक कुरालाई छिटो सिक्ने गर्दछ।

शहर मात्र नभएर गाउँ गाउँमा पनि केही सकारात्मक कुराको साथमा पश्चिमी संस्कृतिका ुऋणं कृत्वा घृत्वा पिवेत्ु जस्ता केही नकारात्मक कुराको बढी प्रभाव पर्न लागेको थियो ।

कुनै पनि मानिसको किशोराअवस्था कुमालले बनाउन लागेको घैंटोको काँचो माटो जस्तो हुन्छ उसलाई जस्तो आकार दियो त्यस्तै रुप लिने। त्यही अवस्थामा त्यो विकृतिरुपी हवाबाट बचाउन संस्कारको छातालाई मजबुत बनाउने प्रयास बुवा आमाको माध्यमबाट निरन्तर भैराखेको थियो ।

त्यसलाई अझ ससक्त र सुन्दर बनाउन पहिलो चोटी ९ वर्षको उमेरको हुँदा पोखरामा महायोगको नामले साधना हुने हल्ला चल्यो त्यो बेलामा संयोगबस बुवालाई  कसैले त्यो महायोग साधनामा निमन्त्रण दिनुभयो र पहिलो चोटी त्यहीबाट मेरो आध्यात्मिक यात्रा शुरु भएको हो ।

जम्मा ९ वर्षको उमेर थियो मेरो लाऊ लाऊ खाऊ खाऊको उमेरको बच्चा बुद्धि नै थियो मेरो शुरु शुरुमा त मेरो ध्यान गुरुको मुखबाट निस्केको साधना भन्दापनि त्यहाँ बाड्ने दैनिकी प्रसाद पेडातिर थियो ।

शुरुको केही दिन त्यतैतिर ध्यान गयो तर विस्तारै अध्यात्मको केही कुराहरु कानमा परेपछि मेरो ध्यान पेट भन्दापनि आत्मा सन्तुष्टितिर जान लाग्यो।

मलाई जति याद छ मैले पहिलो ज्ञानको कुरा जात पात कसैले सोध्दैन जसले हरिको आराधना गर्छ उही हरि समान बन्छ अर्थात् पुरानो समयको केही नकारात्मक कुरालाई हटाउने पक्षमा त्यो प्रवचन अलि ध्यान दिएर सुनेको थिए र प्रभावित भएको थिए।

शुरुको दिनहरुमा ध्यान स्थल नहुँदा पोखराको करिब २५० वर्ष पुरानो विन्ध्यवासिनी मन्दिरको साधना हलमा गुरुदेवको प्रवचन शुरु भयो ।

त्यसपछि कहिलेकाहीँ साधकहरुको घरमा त कहिले कता गर्दा गर्दै महायोग साधनाले गति लिन शुरु गर्यो र केही समयपछि गुरुदेवको साथ सहयोगले नारायणथानमा आश्रम निर्माण भयो ।

महायोग साधनाको लागि एउटा स्थायी ठाउँ प्राप्त भयो।महायोग साधना अन्तर्गत मैले गुरुदेवबाट धेरै कुराहरु सिक्न पाए, श्रीरामचरितमानसमा भनिएका चौपाइहरु पढ्न खासै गाह्रो नभएपनि यसमा वास्तवमा भन्न के खोजिएको छ ।

त्यो हामीले गुरुदेवको मुखबाट नै सुन्न पाईयो, हाम्रो शास्त्रहरुमा गुरुलाई ब्रह्मा विष्णु र शिवको समान मानिएको छ ।

अर्थात् एउटा गुरुले ब्रह्मारुपमा शिष्य भित्र संस्कारको उत्पत्ति गराउनुहुन्छ,भगवान बिष्णुको रुपमा त्यो संस्कारको संरक्षण गर्नुहुन्छ ु

शिवको रुपमा शिष्य भित्र रहेका खराब गुणहरुको संहारपनि गर्नुहुन्छ, प्राचीन ऋषिहरुले वेद र पुराणहरु लेख्नुभयो तर त्यसको मर्म हामीहरुले गुरुदेवको मुखबाट सुन्न पाईयो।

महायोग र गुरुदेवको कारणले गर्दा आज पश्चिमी संस्कृतिमा भट्किएका हजारौं युवाहरुले एउटा सही मार्ग पाए र जीवनको अर्थ बुझे।

आधुनिक बन्नको लागि जाँड रक्सी खाएर डिस्को नै जानपर्छ भन्ने छैन ,मनलाई आधुनिक बनाउने हो,अरुको खराब पक्षभन्दा पनि राम्रा कुरा लिएर खराब कुरालाई हटाउने हो।

साधनाको माध्यमबाट अगाडी बढ्ने हो र जीवनमा आउने नकारात्मक पलहरु संग लड्ने शक्ति जुटाउने हो,केवल सुखको होईन शान्तिको खोजीमा लाग्ने हो, यही महायोग साधनाको लक्ष्य हो,मनलाई शुद्ध राखेर अगाडी बढ्ने हो ।

'वसुधैव कुटुम्बकम्' को भावना मनमा लिएर अगाडी बढ्ने हो,धर्म भनेको के हो, साधना भनेको के हो ?  त्यो बुझाउनु नै महायोग साधनाको लक्ष्य हो।

धर्म र संस्कृतिको रक्षा गर्ने हो यही गुरुदेव र महायोगको लक्ष्य हो।वास्तवमा यदि प्रत्येक मनुष्यले धेरै लालसा नगरेर आश्रमको जस्तो साधारण सन्तुष्ट वाला खाना,रहन सहन सिक्ने हो भने उसलाई असन्तुष्ट रहनुपर्दैन ।

शास्त्रले भन्न 'लोभ पापस्य कारण' अर्थात् लोभले गर्दा नै पापको उत्पत्ति हुन्छ वास्तवमा आज संसारमा यही भएको छ,लोभले गर्दा नै अहिले हामी बाच्नको लागि घरभित्रै बस्नुपरेको छ।

प्राचीन ज्ञान,गुरुको अनादर गरेर स्वेच्छा चल्दा नै मानव अहिले विकासको नाम लिएर विनाशको पथमा चलेको छ ,यो प्रकृति केवल मानवको लागि नभएर अन्य प्राणिको लागि पनि बनेको हो ।

उनिहरुलाई पनि हामीहरुले बाच्न दिनुपर्छ भन्ने कुरा सबैलाई बुझाउनु महायोग साधनाको लक्ष्य हो,म भित्र महायोगको कारणले आएको चेन्जको उदाहरण दिंदा म के मात्र भन्न चाहन्छु कि आजभोलि किशोर अवस्थामा धेरै  युवा युवतीहरु गलत बाटोमा भट्किएका छन्, उनिहरु मौज मस्तीमा मात्र रमाउने गर्दछन् गलत संगतमा लागेर आफ्नो अस्तित्वलाई मेटाउँछन् ।

आफ्नो जीवनको उद्देश्यलाई भुल्छन्, आमा बुवाको अनादर गर्छन् तर म साच्चिकै आफुलाई भाग्यशाली मान्दछु किनकी महायोग साधनासंग मेरो परिचय पनि त्यही बेला भयो जब म बिग्रने कि सुध्रिने अवस्थामा थिए त्यो बेला मेरो जीवनमा महायोग आयो र  मलाई महायोगले एउटा सही बाटो देखायो जस कारण मलाई कुसंगती  तिर जान परेन।

साच्चिकै यो शायद मेरो‌ पूर्व जन्मको कर्म नै होला जस कारण म महायोगको सानिध्यमा अगाडी बढे र शान्त र सुन्दर वातावरणमा हुर्केर आज यहाँ बोल्ने अवस्थामा आए नत्र शायद शहरको कुनै होटल अथवा कुनै कुनामा बसेर धर्मको कुरा काट्थे र आफुलाई आधुनिकतावादको विदूषी मान्थे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.