add

सरकार ! कोरोना संक्रमणको झिल्का देखिन थाल्यो, डढेलो लाग्न सुरु भयो भने...






ActPro Nepal

|

१३ असार, २०७७

|
950

पप्पु गुरुङ्ग


कोरोना भाईरसको संक्रमणबाट हाम्रो देश पनि अछुतो रहन सकेन् । देशमा कोरोना भाइरसको पहिलो चरणमा माहाकाली नगरपालिका कोरोना भाइरसको कारण भारतमा रोजगारी गुमेर घर फर्किनेको ओईरो लाग्यो । जुन थाम्न नसकिने भिडको अवस्थाको थियो ।

माहाकाली नगरपालिका र यहाँका स्थानियहरुले घर फर्केकाहरुलाई खाना र बस्न तथा उनिहरुको गन्तब्य सम्म पुर्याउन ठुलो कसरत गर्यो ।

नेपालीहरुको पिडालाई देखेर स्थानियबासीले घर–घरबाट खान पकाएर भारतबाट भोकै प्यासै, भारतिय सुरक्षाकर्मीबाट कुटिदै पिटिदै आएकाहरुलाई खाना खुवाए । जुन माहाकाली नगरपालिकाका जनप्रतिनिधी तथा यहा“का स्थानियहरु प्रशंसाको पात्र रहे ।

अहिले हेर्दाहेर्दै सरकारको कमजोर तयारी र अन्य विविध कारणले गर्दा हाम्रो देश पनि जटिलता तर्फ उन्मुख भईसकेको संक्रमितको आंकडाले देखाएको छ् ।

देशमा दिनदिनै संक्रमण बढ्दै गएको छ् । पिसिआर जाँचको ढिलाई छ् । यदि पिसिआरको रिर्पोट चाडै आउने हो भने संक्रमण बढी देखिने पक्का छ् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार पुर्ण असफल भएको गुनासो आउदै गरेको छ् ।

यस्तो अवस्थामा अब हामी कसरी सतर्क रहने भन्ने कुरानै प्रमुख हो । यस्तो अवस्थामा यो चुनौतीलाई सामना गर्न केन्द्र, प्रदेश, स्थानीय सरकार र हामी नागरिकको जिम्मेवारी र कर्तव्य चुकेका महशुस गरिएको छ् ।

नागरिकहरुले राज्यको उपस्थिति अथवा सहारा त्यति बेला खोज्छन् जति बेला आफू असुरक्षित अथवा अप्ठ्यारो परिस्थितिमा परेको महसुस गर्छ । जती आशा र भरोसा गरे जस्तो सहारा र राज्यको उपस्थिती कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नभएको प्रष्ट देखिएको छ् । देशमा तिन तहका सरकार पछि जनताले ठुलै आश गरे ।

तर जनता माथी गरिएको स्वास्थ्य क्षेत्रमा लपरवाहीले सरकार माथी जनताको नैश्यता बढ्दै गएको छ् । सरकारले आफ्नो देशको आर्थिक अवस्था अनुसार आफ्ना नागरिकहरुलाई जति सक्दो स्वास्थ्य जस्तो गम्भिर बिषयमा सहयोग गर्नु पर्ने हो सरकारले जति तदारुकता देखाउनु पर्ने हो, त्यसरी लागेको देखिदैन । सा“च्चै भन्नु पर्दा सरकारकै लापरवाहीको कारण कोरोना भाइरसको संक्रमण समुदाय तर्फ फैलिन थालेको जानकारहरु बताउन थालेका छन् ।

 ढिलै भए पनि विदेशमा रहेर अप्ठ्यारोमा परेका नागरिकहरुलाई स्वदेश फर्काउने निर्णय सरकारले ग¥यो । जुन स्वागत योग्य थियो । भारतमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्य गरेता पनि उनिहरुको स्वास्थ्य सेवा तथा उनिहरुको ब्यवस्थापनमा सरकार चुकेको देशै भरी ज्वलन्त उदारहण छन् । माहाकाली नगरपालिकामा ३० स्थानमा क्वारेन्टाईन निमार्ण गरि झण्डै ६ हजार स्थानियहरुलाई राखिए । तर उनिहरुको आरडिटी जाचकै भरमा घर पठाईयो । बनाईएको क्वारेन्टाईनमा सिन्की कोचे जस्ता भारतबाट घर फर्केकाहरुलाई राख्ने कार्य भयो ।

 जुन संक्रमण बढाउनमा सहयोग पुगाउने देखिन्छ् । माहाकाली नगरपालिकाबाट पिसिआर जा“चको लागी स्वाब संकलन गरि धनगढी प्रयोगशालामा पठाईएको ३ सय भन्दा बढीको पिसिआर रिर्पोट अझै सम्म आएको छैन् । क्वारेन्टाइनमा बसेकाहरु पिसिआर रिर्पोटको पर्खाईमा छन् । पिसिआर रिर्पोट नआउदा कयौं घर फर्किसके ।

जुन बिषय स्वास्थ्का लागी निकै गम्भिर र चुनौतीको बिषय बन्न सक्छ् । नागरिकको उद्धार तथा स्वास्थ्य व्यवस्थापनमा पहिलो दायित्व केन्द्र सरकारकै हुन आउछ । केन्द्र सरकारले यस सम्बन्धमा स्पष्ट नीति तय गर्न नसकेको अवस्था छ् ।

देश भित्र भएर पनि देशका विभिन्न ठा“उमा अलपत्र परेका, घरमै भएर आफ्नो गुजारा चलाउन नसेकेका, दीर्घ रोगीहरु, अपांगता भएका, अशक्त व्यक्तिहरु र भारत बाहेक तेस्रो मुलुकमा रहेका नागरिकहरु भिसा अवधि सकिएर, रोजगारी गुमाएर अप्ठ्यारो परिस्थितिको सामना गर्दै अरुको देशमा शरण लिएर बसिरहेका र भारतको सिमानामा अलपत्र परेकाहरुलाई उद्धार तथा व्यवस्थापनको स्पष्ट मार्ग चित्र तयार गरी संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हुन आउछ् ।

पिडामा रहेको नेपालीहरुलाई राहत वितरण, उद्धार तथा स्वास्थ्य व्यवस्थापनमा सहज वातावरण मिलाउने सरकारको पुर्ण दायित्व रहन्छ् । संक्रमण फैलिएको लामो समय सम्म सरकार विभिन्न फण्डाहरुमा अलमलिनु निकै दुखद छ् ।

अब पछाडी फर्केर आलोचना गर्नु भन्दा भोलीका दिनमा आईपर्ने समस्याहरुको समाधानको लागी सबै मिलेर द्रुत गतीमा आवश्यक तयारीमा लाग्नु नै उत्तम हुन्छ् । त्यसैले अब केन्द्र सरकारले गर्नु पर्ने कामहरु एक दिन पनि ढिलो नगरी सुरु गर्नु पर्ने जरुरी छ् ।

त्यसको लागी प्रतिपक्षी दल र बाहिरबाट आम नागरिकहरुले सरकारलाई आवश्यक सहयोग संगै सकारात्मक दबाब दिनु आवश्यक छ् । सरकारले अब लकडाउनलाई केही खुकुलो बनाएर देश भित्रै विभिन्न ठाँउमा बिचल्लीमा परेका नागरिकहरुलाई घर सम्म जाने वातावरण मिलाएको छ् । कोरोनाको कारण चुलो निभेकाहरुको चुलो बाल्दिने काम सबैको हो ।

घर फर्किएकाहरुलाई क्वारेन्टिन राख्न, आवश्यक चेक जाँच पछी मात्र घर पठाउन र उनीहरुको आवश्यक व्यवस्थापन गर्न सरकार चुकेको छ् । अब प्रदेश सरकारले गर्नु पर्ने कामको बारेमा कुरा गर्नु भन्दा पहिले प्रदेश सरकारहरुले आजका दिन सम्म के गरे भन्ने कुरालाई फर्केर हेर्नुपर्ने हुन्छ् । आज सम्म चाहिने नचाहिने वक्तब्यबाजी गर्ने र तलब भत्ता खाने भन्दा प्रदेश सरकारले यस सम्बन्धमा खास कुनै काम गरेको देखिदैन ।

वास्तवमा कोरोना नियन्त्रणको लागी अव एक छिन पनि ढिलो नगरी प्रदेश सरकार सक्रिय हुनु पर्ने देखिन्छ ।  यति वेला प्रदेश सरकारहरुले सर्वप्रथम भारतबाट फर्किएका नागरिकहरुलाई बिशेष ध्यान पुगाएर संक्रमण समुदायमा फैलिन नदिन चाँडो कार्यक्रम अघि बढाउनु आवश्यक छ् ।

यति वेला कोरोना नियन्त्रण तथा रोकथाम गर्ने कार्यमा सबै भन्दा ठुलो जिम्मेवारी स्थानीय सरकारहरुको काँधमा छ । सीमित स्रोत र साधनका बिच स्थानीय निकायहरुलाई यो काम अवश्य पनि फलामको चिउरा चपाउनु सरह भएको छ् ।

जनता संग प्रत्यक्ष सम्पर्कमा रहने र सरोकार राख्ने भएकोले स्थानीय निकायहरुलाई यसबाट भाग्ने कुनै छुट छैन् । यो अवस्था उनीहरुको लागि ‘गर या मर’ को अवस्था हो ।

तर दृढ इच्छा शक्ति भएको चुस्त नेतृत्वको लागी यो एउटा काम गरेर देखाउने गतिलो अवसर समेत हो । जसले यसलाई अवसरको रुपमा लिन सक्छ उसले यो अवसरलाई सहज रुपमा पार लगाएर आफूलाई सबैको एक अब्बल नेता स्थापित गर्न सुनौलो मौका पनि हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.