काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
इंग्लिस क्लब लिभरपुललाई हराउँदै स्पेनिस क्लब रियल म्याड्रिडले अन्तिम आठमा स्थान पक्का गरेको हो। बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित हात पारेको हो। पहिलो लेगमा रियलले ५–२ को सानदार जित निकालेको थियो।
सान्टियागो बर्नबेउमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा रियललाई जिताउन कप्तान करिब बेन्जेमाले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कप्तान बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ७८औं मिनेटमा गोल गरेका हुन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।