add

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन






ActPro Nepal

|

४ पुष, २०७९

|
404

काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले  जितेको छ ।  लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो ।

लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचाल्यो ।

निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा अर्जेन्टिनाले ४-२ गोलअन्तरले जित निकालेको हो।

फ्रान्सका किलियन एम्बाप्पे र रान्डल कोलो मुअनीले गोल गर्दा किंग्सले कोमन र औरेलियन चोउमेनी पेनाल्टीमा चुकेका थिए। अर्कोतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी, लिओनार्दो परेडेस, पाउल डिब्याला र गोञ्जालो मोन्टिएलले गोल गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.