add

भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना






ActPro Nepal

|

२८ मंसिर, २०७९

|
446

काठमाडौं । भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकको हितका लागि काम गर्दै आइरहेको छ। समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा मंसिर २६ गते बसन्तपुर दरबार स्क्वायरमा रक्तदान शिविरको आयोजना गरेको छ।

उक्त रक्तदान शिविरमा भिभोका कर्मचारी, भिभो फ्यान, ग्राहकलगायतको उत्साहजनक सहभागिता थियो। कार्यक्रममार्फत भिभोले रक्तदान एक महान कार्य हो र रक्तदान गरेर जीवन बचाउँ भनेर प्रोत्साहित तथा चेतना फैलाउने प्रयास गरेको हो। शिविरमा ५० भन्दा बढी व्यक्तिको सहभागिता थियो। जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयंसेवकका रुपमा सहभागी थिए।

कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो। यो कार्यक्रम काठमाण्डौ सहरको मुटुमा अवस्थित सांस्कृतिक महत्व बोकेको बसन्तपुत दरबार स्क्वायरमा आयोजना भएको थियो। यसबाहेक, रक्तदानले दुर्घटनाका घाइतेरु, गम्भीर रोगका बिरामीलगायतलाई उनीहरुको चिकित्सा उपचारको विभिन्न चरणहरूमा जीवन बचाउन सहयोग पुर्याउनुका साथै रक्तदाताका लागि पनि फाइदाजनक छ। किनकि यसले रक्तचाप कम गर्छ र हृदयघातको जोखिम पनि कम गर्दछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.