पर्वत । पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिराले घरसहित दुई जना पुरिएका छन्।
स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उनका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका हुन्। स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिए।
पहिरामा पाध्याका दुई वटा भैँसी, एउटा गोरु र चार बाख्रा पनि पुरिएका छन्। गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर चौपाया निकाल्न गएकै बेला पहिरो आएकाले उद्धार गर्न नसकिएको वडाध्यक्ष पाध्याले जानकारी दिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।