आगलागीबाटबाट नुवाकोटमा दुईवटा पसल पूर्णरुपमा जलेर नष्ट

आगलागीबाटबाट नुवाकोटमा दुईवटा पसल पूर्णरुपमा जलेर नष्ट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  नुवाकोटको ढुंगेवजारमा गएराति भएको आगलागीबाट दुईवटा पसल पूर्णरुपमा नष्ट भएको छ। विदुर नगरपालिका-१ ढुंगेवजारमा मध्यराति आगजनी हुँदा करौंडौं रुपैया बराबरको धनमाल नष्ट भएको हो। 

स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्टिक सामग्री पसलमा आगजनी भएको हो।

मध्यराति पौने १२ बजे अधिकारीको प्लाष्टिक सामग्री पसलमा आगो लागिरहेको स्थानीयवासीले देखेपछि गुहार मागेपछि अन्यले जानकारी पाएका थिए। 

प्लाष्टिक तथा खाद्य सामग्री पसलमा लागेको आगो स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा दमकलको प्रयासमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

Recent Comments

No comments to show.