हिरोको ‘ चाडपर्वको उमङ्ग,हिरो चढी दङ्ग’, ७ हजारदेखि बम्फरमा १ लाखसम्म नगद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।

गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच महाबिर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। शिक्षा मन्त्री देवेन्द्र पौडेल लगाएतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा कसैलाई चासो भएको नपाइएको बताउनुभयो। आविश्कार र अनुसन्धानमा महाविर पुनले खेलको भूमिकालाई सवैले सकारात्मक रुपमा लिएको उहाले बताउनुभयो। मन्त्री पौडेलले असोज १ गते सरकारले विज्ञान दिवस पनि मनाउन लागेको जानकारी दिए। नेपालमा नाष्ट भन्ने संस्था रहेको र दिनहुँ छलफल हुने गरेपनि अनुसन्धानको क्षेत्रमा चासो देखिएको उहाले बताए।

पुरस्कार ग्रहण गर्दै पुनले उहाले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफुले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र बिकास गर्नुपर्ने बताए। नेपाल गरिव भएकै कारण युवाहरु बिदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरुले नै रोजगारीको सिर्जना गर्नुपर्ने उहाले बताए।

उहाले नेपालका आफ्नो आविष्कार केन्द्रबाट तीव्रतर रुपमा काम हुन सके अरु देशको दाँजोमा कहिल्यै पछि नपर्ने धारणा राखे। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने आयोजकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।