शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन काठमाडौं महानगरको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २२ जेठ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

महानगरले आइतवार एक सूचना जारी गर्दै सम्पर्कमा आउन होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको छ।

इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिकाको पहिलो बैठकमा होटेल, रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्ने निर्णय गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।