add

नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी






ActPro Nepal

|

१३ चैत, २०८१

|
45

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बुधबार ३९ अंकले बढेको नेप्से आज पनि सोभन्दा धेरै अंकले बढेको हो ।

बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले बढेर ५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेकोे छ । व्यापार समूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त र लगानी समूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज पुनर्बीमा कम्पनीहरुको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ५१ करोड १८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुर्नबीमा कम्पनीको दोस्रो धेरै २७ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्रै मूल्य घटेको छ ।

आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यस्तै, श्रृजनशील लघुवित्तको ९.९६ प्रतिशत, सपोर्ट लघुवित्त ८.५३ प्रतिशत, अभियान लघुवित्त, मानुषि लघुवित्तको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.