add

नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ९२ करोडको सेयर कारोबार






ActPro Nepal

|

१४ माघ, २०८१

|
80

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । गत बिहीबारदेखि दोहोरो अंकले ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

सोमबार नेप्से परिसूचक १०.६६ अंकले घटेर २६३३.२७ बिन्दुमा आइपुगेको छ । आज ८ अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

कारोबारमा आएका १३ वटा समूह मध्ये ८ समूहकाे परिसूचक घटेको छ भने ५ को बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ भने व्यापार समूहको १.८६ प्रतिशतले घटेको छ ।

आज सिन्धु विकास बैंकको सर्वाधिक २९ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १०

प्रतिशत कमाएका छन् ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ८.४६ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.