add

दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज






ActPro Nepal

|

६ कार्तिक, २०८१

|
20

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिदिएको छ । सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेट प्रालिको लाइन्सेन्स खारेज गरिएको जनाएको छ ।

पर्सास्थित वीरगञ्ज–१६ को सी. डाटा कम्युनिकेसनले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेको भन्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ (१) अनुरुप लाइसेन्स खारेज गरेको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । सी‍.डाटा कम्युनिकेसनले २०७६ माघ १९ मा (इमेल सहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो ।

त्यस्तै, प्राधिकरणले सुर्खेत, वीरेन्द्रनगर–६ को लाइफ नेट प्रालिले अनुमतिपत्र नवीकरणका लागि समयावधिभित्र निवेदन पेश नगरेकोले भदौ ३० देखि लाइफ नेटको लाइसेन्स स्वतः रद्द भएको जानकारी गरएको छ । लाइफ नेटले २०७६ भदौ ३० मा (इमेल सहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.