add

रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट बजारमा, कति पर्छ मूल्य ?






ActPro Nepal

|

७ जेठ, २०८०

|
437

काठमाडौ । अहिलेको समयमा एयरबड्स धेरै व्यक्तिहरूका लागि अत्यावश्यक बनिसकेको छ, अरु काम गर्दै संगीत सुन्न वा फोन कल गर्न रुचाउने मानिसहरुको लागि त एयरबड्स अत्यावश्यक जस्तै भइसकेको छ । एयरबड्स खरिद गर्नुअघि धेरै कुराहरु ध्यान दिन आवश्यक छन्, जसमध्ये केही-साउण्डको गुणस्तर, सहजता र फिट, नोइज क्यान्सिलेसन, कनेक्टिभिटी, ब्रान्ड र मूल्य हुन् ।

शाओमी नेपालले भर्खरै आफ्नो नयाँ वायरलेस एयरबड्स रेडमी बड्स ४ र रेडमी बड्स ४ लाइट लन्च गरेको छ । यी दुवै एयरबड्स आफ्नो मूल्यका लागि उत्कृष्ट विशेषताहरुले भरिएका छन्।

जोरदार र स्पष्ट साउन्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभसहित आउने यस रेड्मी इअरबड्स ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि पनि छ। डुअल ट्रान्सपरेन्सी मोडसँग आउने यस एयरबड्सले प्रयोगकर्तालाई आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्दछ।

आईपी५४ प्रोटेक्सन लेभलका लागि इन्जिनियर गरिएको भएर प्रयोगकर्ताले यसलाई जिम वा लामो यात्रा जहाँ पनि लिएर जान सक्ने छन् ।

रेडमी बड्स ४

रेडमी बड्स ४ ले इन–गेम अडियो लेटन्सी प्रदान गर्न ब्लुटुथ ५.२ प्रोटोकल प्रयोग गर्दछ । ता कि प्रयोगकर्ताले छिटो निर्णयहरु लिन सक्नेछन् भने अरुभन्दा अगाडि रहन सक्नेछन्। रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ छ। जसले एकपटक चार्ज गर्दा ६ घन्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप ३० घन्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ।

रेडमी बड्स ४ लाइट

एआई नोइज क्यान्सिलेसनका साथसाथै संगीत र कलको लागि टच कन्ट्रोलहजडित रेडमी बड्स ४ लाइटमा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ। यी एयरबड्स आईपी५४ जडित छन्। यसको मतलब यिनीहरु धुलो र पनि प्रतिरोधी छन्। जसले गर्दा धेरै पसिना आउने अवस्थाका लागि पनि यी एयरबड्स उपयुक्त छन्।

रेडमी बड्स ४ लाइटमा भिडियो हेर्दा वा गेम खेल्दा अडियो ल्याग कम गर्ने लो लेन्सी मोडका साथसाथै राम्रो र छिटो अनुभवका लागि ब्लुटुथ® रहेको छ। रेडमी बड्स ४ लाइटले सिंगल चार्जमा चार्जमा ५ घन्टासम्मको प्ले ब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप २० घन्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्छ।

रेडमी बड्स ४ को मूल्य ६ हजार ९९९ रूपैयाँ हो भने रेडमी बड्स ४ लाइटको मूल्य ३ हजार ४९९ रुपैयाँ हो । आफ्नो मूल्यका लागि उत्कृष्ट अनुभव प्रदान गर्ने यी दुवै एयरबड्स बजारमा उपलब्ध सबैभन्दा शुपथ वायरलेस एयरबड्समध्ये एक हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.