add

काठमाडौं महानगरले सार्वजनिक गर्‍यो ‘केएमसी एप’,यस्ता छन् सुविधा






ActPro Nepal

|

२९ वैशाख, २०८०

|
471

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेवाप्रवाहलाई थप चुस्त र आधुनिक बनाउँदै ‘केएमसी एप’ सार्वजनिक गरेको छ ।

मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत महानगरपालिकाले आफूले दिने सेवालाई होम डेलिभरी गर्ने नीतिअनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल सुशासन प्रणाली केएमसी एप सार्वजनिक गरेको जनाएका छन् ।

एप्लिकेसन मार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको महानगरले जनाएको छ । एप्लिकेसनमार्फत ३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक वडापत्र, जनगुनासो, स्मार्ट कर लगायतका सेवाहरु प्रवाह हुने महानगरले जनाएको छ ।

एपबाट लिन सकिने सेवाहरुमा ३० भन्दा बढी प्रकारका सिफारिसहरु, अनलाइन राजस्व, नगरप्रमुखसँग भेटघाटका लागि अपोइनमेन्ट, च्याटबोट, महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरु, विभागगत कार्यविवरण सहितको डिजिटल नागरिक बडापत्र, हेल्लो मेयर, जनगुनासो, स्मार्टकर, प्रकाशित राजपत्रहरु, पर्यटकीय स्थलहरु, रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोपजस्ता आकस्मिक सेवाहरु, सार्वजनिक शौचालयलगायत समेटिएको बालेनले जनाएका छन् ।

त्यस्तै, एपबाट हाललाई नागरिकता सम्बन्धि सिफारिस, घरबाटो सिफारिस, कित्ताकाट सिफरिस, जग्गा मूल्यांकन सिफरिस, घरधनी प्रमाणपुर्जाको प्रतिलिपिलगायतका विभिन्न ३१ वटा सिफरिसहरु अनलाइनबाट लिन सकिने महानगरका मेयर बालेनले जनाएका छन्।

अन्य सिफसिरका लागि भने सेवाग्राहीहरुले कार्यालयमै उपस्थित भएर काम हुने उनले जनाएका छन् ।

एपबाट अनलाइनबाटै सम्पत्ति कर, भूमी तथा मालपोत कर, व्यवसाय करजस्ता विभिन्न करहरु पनि तिर्न सकिने र त्यसका लागि ईसेवा, खल्ती, आईएमई पे, प्रभु पेजस्ता पेमेन्ट गेटवे इन्टिग्रेट रहेका छनु । साथै, महानगपालिकाले विभिन्न कामहरु तथा ठेक्का बापतको भुक्तानीका लागि समेत ईएफटि (इलेक्ट्रिोनिक फण्ड ट्रान्सफर) सेवा सुरु गरेको बालेनले जनाएका छन् ।

यस्ता छन् सुविधा

✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू,

✓ अनलाइन राजस्व,

✓ नगर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट,

✓ च्याटबोट,

✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,

✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,

✓ हेल्लो मेयर,

✓ जनगुनासो,

✓ स्मार्टकर,

✓ प्रकाशित राजपत्रहरू,

✓ पर्यटकीय स्थलहरू,

✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप

✓ , सार्बजनिक शौचालयहरु समेटिएका छन ।

यस एप मार्फत हाललाई

➢ नागरिकता सम्बन्धी सिफारिस ,

➢ घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,

➢ जग्गा मुल्यांकन सिफारिस,

➢ घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,

➢ घर कायम सिफारिस,

➢ सम्पत्ति कर चुक्ता सिफारिस,

➢ अस्थायी बसोबास सिफारिस,

➢ स्थायी बसोबास सिफारिस,

➢ बिद्युत जडान सिफारिस,

➢ धारा जडान सिफारिस,

➢ आन्तरिक बसाइसराइ सिफारिस,

➢ कोठा खालि गर्ने सिफारिस,

➢ जन्म मिति प्रमाणित,

➢ अविवाहित प्रमाणित,

➢ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,

➢ अदालत शुल्क मिनाहा सिफारिस,

➢ बैंक खाता बन्द गर्ने सिफारिस,

➢ ब्यवसाय बन्द सिफारिस,

➢ संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,

➢ अपांग सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,

➢ बिपन्न नागरिक औषधी उपचार सिफारिस,

➢ ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.