add

ठूलो प्रविधि प्रदर्शनी मेलामा नगदै टिकेट लिनुपर्ने बाध्यता, पोहोरभन्दा रौनक पनि कम






ActPro Nepal

|

२५ माघ, २०७९

|
686

काठमाडौँ । नेपालमा सूचना प्रविधि प्रवर्द्धन गर्न भन्दै हरेक वर्ष आयोजना हुने नेपालकै ठूलो प्रविधि प्रदर्शनी भनिने क्यान इन्फोटेकमै अनलाइन टिकेट लिने अवस्था नरहेको देखिएको छ ।


आयोजकले पेवेल नामक एक डिजिटल वालेटलाई टिकेटिङ पार्टनर बनाएको भए पनि मेला भर्न जाने प्रायः सबैजसो दर्शकले नगदमै टिकेट लिनुपर्ने बाध्यता देखिएको हो ।


सूचना प्रविधि क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरूको प्रतिनिधित्व गर्ने कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ मेलाको आयोजक छ ।


काठमाडौंको भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको मेलामा प्रवेश गर्न सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकेट शुल्क तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.