add

सागर ग्रुपले सार्वजनिक गर्यो स्मार्ट प्रिन्टिङको अनुभव दिने ब्रदरको नयाँ मोडल






ActPro Nepal

|

१६ चैत, २०८१

|
57

काठमाडौँ । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । ग्रुपले ब्रदरको डीसीपी–टी ८३० डीडब्लू मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो ।

नेपाली बजारमा आएसँगै उक्त प्रिन्टर सार्वजनिक भई बिक्री वितरण सुरु भएको छ । उत्कृष्ट कार्यक्षमता भएको यो प्रिन्टरले प्रयोगकर्तालाई कार्य सम्पादनमा निकै सहज बनाउने सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले बताइन् ।

नयाँ प्रिन्टरले प्रिन्टिङ फरक अनुभव दिने उनको भनाइ छ । विश्व बजारमा प्रयोगकर्ताबीच निकै लोकप्रिय डीसीपी–टी ८३० डीडब्लू प्रिन्टर नेपाली बजारमा पनि उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

प्रिन्टरमा ८० सिट्स भएको मल्टि– पर्पस ट्रे दिनुका साथै युजर फ्रेन्डली एलसीडी प्यानल पनि दिइएको छ । साथै, डुप्लेक्स फन्कसन भएको यस प्रिन्टरबाट वायरलेस एन्ड मोबाइल प्रिन्टको सुविधा पनि दिइएको छ ।

प्रिन्टरको रेजोलुसन उच्च भएकाले स्पष्ट र सफा प्रिन्ट यसले सुनिश्चित गर्ने बताइएको छ । यो प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् ।

पारदर्शिता र व्यावसायिक क्षमता भएको यस प्रिन्टरमा कागज र आकारको पनि विकल्प दिइएको छ । कम्पनीले प्रिन्टरमा कुनै समस्या आएको खण्डमा तत्काल मर्मत सेवा उपलब्ध भएका कारणले ब्रदर प्रिन्टर खरिद गरेर पछुताउनु पर्ने वातावरण नबन्ने उपाध्यक्ष मानन्धरले बताइन् ।

औसत मूल्यमा उपलब्ध यो प्रिन्टरले कार्यभार क्षमता उपयुक्त राख्ने बताइएको छ । नयाँ डिजाइनका साथ आएका डीसीपी–टी ८३० डीडब्लू प्रिन्टरले उपयोगकर्ताको अनुभवलाई सहज बनाउने बताइएको छ ।

सो प्रिन्टर डिलर साथै बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ । यस्तै, ब्रदरको डीसीपी–टी ८३० डीडब्लू, डीसीपी–टी ५३० डीडब्लू, डीसीपी–टी ७३० डीडब्लू, एमएफसी–टी ९३० डीडब्लू र डीसीपी–टी ४३० डब्लू मोडलको प्रिन्टर पनि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.