आजको पञ्चाङ्ग
काठमाडौं । २०८१ चैत ९ गते, शनिवार, २२ मार्च २०२५। चैत्र कृष्णपक्ष अष्टमी तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु।
आजको राशिफल
मेष : आजको दिन राम्रो रहनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशको सट्टा स्वदेशमा अवसर खोज्दा खुशी मिल्नेछ। तर, राज्यको तर्फबाट केही दबाब महशुस हुनसक्छ, सतर्क रहनुहोस्। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।
वृष : तपाईंको बोलीमा मिठास रहनेछ, जसले अरूको भलो गर्न सहयोग पुर्याउनेछ। पारिवारिक साथ सहयोग मिल्नेछ। सरकारी सेवाका अवसर पाउन सक्नुहुन्छ। प्रेम सम्बन्ध राम्रो रहने संकेत छ।
मिथुन : पारिवारिक सम्बन्ध राम्रो हुनेछ। शिक्षामा गरेको लगानी लाभदायक रहनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। स्वास्थ्य सम्बन्धी समस्या भए सुधारको संकेत देखिनेछ।
कर्कट : आजको दिन शुभ रहनेछ। बाहिरी व्यक्तिहरूबाट प्रशंसा प्राप्त हुनेछ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा उठाउन सकिनेछ। शिक्षामा लगाएको मिहिनेतले राम्रो नतिजा दिनेछ। परिवारको साथ पाइनेछ।
सिंह : सकारात्मक दिन छ। नयाँ लगानी गर्न हिम्मत जुटाउनु पर्नेछ। साथीभाइको साथ सहयोग पाइनेछ। शिक्षामा प्रयास गरेमा राम्रो परिणाम प्राप्त हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।
कन्या : आजको दिन शुभ रहनेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीभाइबाट साथ मिल्नेछ।
तुला : शिक्षाको क्षेत्रमा गरेको लगानीमा मिहिनेत गर्नुपर्नेछ। विपक्षी साथीले हरेक काममा साथ दिनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ।
वृश्चिक : लगानीका क्षेत्र प्रशस्त भएकाले लगानीमा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुने योग रहेको छ। धार्मिक भ्रमण तय हुनेछ।
धनु : आज तपाईंको बोलीको प्रभाव रहनेछ। बोलीकै कारण राम्रोको कामको सुरुवात हुनेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। वैदेशिक रोजगारीमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।
मकर : दिन राम्रो छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। गुरुबाट पाएको सुझाव अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ। विपक्षीलाई साथ लिएर राम्रो काम गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। नयाँ कुराको आविष्कार गर्ने अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मीन : मध्य साढेसाती दशाको प्रभाव रहेकाले हरेक कुरामा बाधा आइपर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।