add

वैशाख २२ गते शनिवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२२ वैशाख, २०८१

|
100

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ वैशाख २२ गते | शनिवार ४ मे २०२४। वैशाख कृष्णपक्ष एकादशी तिथि, १८ः०८ बजेपछि द्वादशी। पूर्वभाद्रपदा नक्षत्र, २०ः०२ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि कुम्भ, १४ः२७ बजेपछि मीन।

आजको राशिफल

मेष : अरुलाई काम लगाएर फाइदा लिनुपर्ने दिन छ। सोचेर बोल्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : निजी धनको सदुपयोग गर्ने दिन हो। लगानीको क्षेत्र छनोट आफैले गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानी बढ्नेछ। विदेश यात्रा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आम्दानी भए पनि सदुपयोग नहुँदा मिहेनतको फल प्राप्त नहुनसक्छ। सत्य बोल्ने मान्छेसँग मात्र संगत गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्ध राम्रो छ। वैदेशिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत हुनुपर्छ।

कर्कट : तपाईंको कार्यशैलीप्रति धेरैले असन्तुष्टि जनाउने छन्। जुनसुकै काम गर्नु अगाडि पूर्व तयारी आवश्यक देखिन्छ। परिवारसँग सल्लाह गरेको कामबाट मात्र फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट मन खुशी हुनेछ। दोहोरो कुरा गर्नेसँग सचेत हुनु राम्रो हुन्छ। अरुको कुरा सुनेको भरमा परिवारलाई अविश्वास गरेमा घाटा हुनेछ।

सिंह : बुद्धिको प्रयोग गरेर जीवनलाई अगाडि बढाउनु राम्रो हुन्छ। रिसले तपाईंको क्षति हुनेछ। सनकको भरमा कुनै पनि काम नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : आफन्त खुट्टा तान्न सक्रिय हुनसक्छन्। आफू भन्दा ठुलाको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

तुला : धेरै जनाको चित्त बुझाउने काम गर्दा आफूलाई घाटा हुनेछ। सोचेर गरेको लगानी भए शिक्षामा फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ। तपाईंलाई देखेर धेरै जनाले स्वदेशमै लगानी गर्दा फाइदा हुन्छ भन्ने कुरा बुझेका छन्।

वृश्चिक : आफू भित्रको खुशी भुलेर बाहिर खुशी खोज्दा निराश हुनुपर्नेछ। आफूभित्र रमाउन सकेमा हरेक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक लगानीबाट राम्रो हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

धनु : नयाँ नयाँ सम्भावनाका ढोका खुल्नेछन्। मन उत्साहित हुनेछ। अधुरा योजना सञ्चालन हुनेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुको आर्शिवादले मन खुशी हुनेछ।

मकर : पुरानो धन जोगाउनुपर्ने समय छ। ठूलो खर्च नगरेको राम्रो हुनेछ। थोरै बोलेर धेरै काम गर्नुपर्नेछ। बिहानै शिवको भजन सुन्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ। सकारात्मक ठाउँमा शनिदेव भए उन्नतिको अवसर मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट फाइदा हुनेछ।

मीन : कुरा काट्नेहरु सक्रिय भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। अहिले साढे सात चल्दैछ। शनिबार वर र पिपलको दर्शन गर्नु राम्रो हुन्छ। परिवारको साथ निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.