add

बेलायती गृहमन्त्रीद्वारा नेपालकी 'श्रीरामचरितमानस' र 'भक्तमाल' कथा वाचिका चन्द्रकला सखीलाई सम्मान






ActPro Nepal

|

२० असार, २०८०

|
3644

काठमाडौं  । नेपालकी महिला  'श्रीरामचरितमानस' र 'भक्तमाल' कथा वाचिका चन्द्रकला सखीलाई बेलायत स्थित पार्लिएमेन्टमा गृहमन्त्री स्वेला ब्रेभरमेन द्वारा भव्य स्वागत गरिएको छ । 

पश्चिमका मूलुकहरूमा वैदिक सनातन धर्मको प्रचारमा तीव्रता दिइरहेकी  सखीलाई सम्मान गरिएको हो ।  

उक्त कार्यक्रमको क्रममा भएको दुइपक्षिय भेटघाटको क्रममा चन्द्रकला सखीले विशेष रूपमा बेलायत स्थित नेपाली हरुका हितका विषयमा, विश्व शान्ति एवं मानव कल्याण तथा आदि वैदिक सनातन धर्म एवं हिमालयन सिद्धमहायोग ध्यान साधनाद्वारा कसरी आत्म विश्वास जगाउन सकिन्छ र कसरी व्यक्तिको शरिरका रोम-रोम बाट भगवान नामको अजपा जाप हुन्छ साथै वर्तमान समय तथा निकट भविष्यमा विश्व मानव समुदायको कल्याणार्थ महायोग साधनाको आवश्यक्ता तथा महत्वको विषयमा उनले विशेष सत्सङ्ग गरेकी थिइन । 


साथै हिमालयन सिद्ध महायोग के हो ? यो कसरी तथा को बाट प्राप्त गर्न सकिन्छ ?  आचार्य अनन्तश्री विभूषित जगद्गुरू महायोगी सिद्धबाबाले दृष्टी , स्पर्श , संकल्प द्वारा गर्ने महायोग शक्तिपात आदिका विषयमा चन्द्रकला सखीले गृहमन्त्री स्वेला ब्रेभरमेन संग विशेष चर्चा गरेकी थिइन । 

उक्त चर्चाका क्रममा सखीले गृहमन्त्रीलाइ नेपाल भ्रमणका लागी निमन्त्रण गरेकी थिइन र गृहमन्त्रीले पनि नेपाल भ्रमणमा आउने प्रतिवद्धता जाहेर गरेकी थिइन उक्त चर्चाको क्रममा गृहमन्त्रीका साथमा उनकी माता उमा फर्नान्डेजको समेत उपस्थित थियो । 


उमा फर्नान्डेज पूर्व मेट्रोन एवं पूर्व काउन्सीलर पनि हुन । साथै उनि ति महिला हुन जसलाइ बेलायतकी महारानी एलीजावेथले ब्रिटिस मेल एम्पाएर मेडलबाट सम्मान गरेकी थिइन । उक्त वार्तलापको क्रममा चन्द्रकला सखीको आगमनले आफु भाव विभोर भएको पनि उमा फर्नान्डेजले बताएकी थिइन । 

बेलायती सरकारले यसरी नेपाली चेलीलाई सम्मान गरेको बेलायतको इतिहासमा नै पहिलो पटक हो । 

को हुन नेपाली चेली चन्द्रकला सखी  ?

अनन्तश्री विभूषित जगद्गुरू महायोगी सिद्धबाबाकी कृपापात्र नेपालकी पहिलो 'श्रीरामचरितमानस' र 'भक्तमाल' को बहुभाषि कथा वाचिका हुन सुश्री चन्द्रकला सखी । हाल उनले पश्चिमका मूलुकहरूमा वैदिक सनातन धर्मको प्रचारमा तीव्रता दिइरहेकी छिन् ।  


हराउँदै गएको संस्कार,संस्कृतिको जागरण,शारीरिक, मानसिक स्वास्थ्य, तथा आध्यात्मिक विकासका साथमा धार्मिक सहिष्णुता कायम गर्ने उद्धेश्य सहित उनको अभियान तीव्रताका साथ अगाडी बढिरहेको छ । 

यो पनि पढ्नुहोस

अनन्त शक्ति प्राप्तिका लागि योग

बारम्बार सन्त-महात्मा र धर्ममाथि प्रहार हुँदा किन बोल्दैनन् हिन्दु धर्मका अभियन्ता ?

आम नागरिकको कलमबाट 'युग पुरुषको खोजी'

ऐतिहासिक धार्मिक स्थल बराहक्षेत्र, जहाँ एक दर्शनले चिताएको पुरा हुन्छ




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.