add

श्रीसीताराम मन्दिर देवघाटमा रामनाम लेखन जपस्तम्भ अनावरण (फोटोफिचर)






ActPro Nepal

|

२४ चैत, २०७९

|
1002

काठमाडौं । श्रीसिताराम मन्दिर देवघाटधाम ५ तनहूँ को आयोजनामा जगद्गुरु रामानन्दाचार्य सेवा पीठ दिगम्बर अखडा श्रीसीताराम मन्दिर देवघाटमा श्रीरामनाम लेखन जपस्तम्भ अनावरण गरिएको छ ।  

हनुमान जयन्ती उत्सवको अवसरमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका अध्यक्ष श्री मणिरामदास छावनी अयोध्याका महन्त अनन्तश्री विभूषित स्वामी नृत्य गोपालदासजी महाराजका उत्तराधिकारी स्वामी कमलनयन दासजीले जपस्तम्भ अनावरण गरेका हुन् ।


स्वामी नृत्य गोपालदासजी महाराजका कृपापात्र तथा श्रीसीताराम मन्दिरका पिठाधीस स्वामी रामशरणदासजी महाराजको सभापतित्वमा भएको कार्यक्रममा नृत्य गोपालदासजीका शिष्य वृन्दावनधाम महन्त जगत्राथदास शास्त्री लगायत सीताराम मन्दिर देवघाटमन्दिरका पदाधिकारीको उपस्थिती रहेको आयोजक संस्थाका कोषाध्यक्ष गोविन्द घिमिरे गुज्जनले बताए ।  


उक्त कार्यक्रममा हरिहर सन्यास आश्रमका  डा विमलानन्द  सरस्वतीजी महाराज, अभय देवान्त आश्रमका प्रमुख  श्री १००८  स्वामी कृष्णनन्द सरस्वतीजी महाराज, वेदान्त आश्रम चित्रकुटका पीठमा उत्तरधिकारी नारायणजी महाराजको सहभागिता रहेको थियो । 

देवघाटधाम क्षेत्र विकास समितिका कार्यकारी प्रमुख तथा देवघाट गाँउ पालिकका अध्यक्ष तिल बहादुर थापा, इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बानियाँ लगायत देवघाटका विभिन्न मठमा विशिष्ठ व्यक्ति सन्त, महन्त, स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।  


देवघाट धामका विभिन्न पीठाधीशसहरूले धाममा रहेको एउटा खाँचो पूर्णतामा गएको अभिव्यक्ति दिएका थिए ।  यस कार्यक्रमको सञ्चालक दिनेश पाण्डेयले कवितावाचन गरेर थिए । 

हनुमान जयन्तीको अवसरमा प्रमुख अतिथी स्वामी कमलनयन दासजी सँग पचास जना जतिले तारक एवं शरणागति दीक्षा लिएका थिए ।  भने १०० जना जतिले रामनामलेखन जप गर्न कृतसंकल्पित भएका थिए । 


यो सँगै नेपालमा पहिला पटक श्री  रामनाम लेखन जपस्तम्भको अभियान शुरुवात भएको छ । उक्त अभियानलाई  श्रीराम जन्मभूमि तीर्थक्षेत्रका अध्यक्ष श्री मणिरामदास छावनी अयोध्याका महन्त अनन्तश्री विभूषित  स्वामी नृत्य गोपालदासजी महाराजले आर्शीवाद दिँदै खुशी व्यक्त गर्नु भएको छ ।  

त्रेतायुगमा  भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको मान्यता छ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको बताइन्छ ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ ।

हरेक मानवमा देवत्व जगाइ आत्मकल्याण , समाजमा आपसी भाइचारा ,हराउँदै गएको संस्कार,संस्कृतिको जागरण , देश , समाज तथा मानवकल्याणको लागि एकमात्र उपाय भगवद् उपासना रहेको कुरा समाजलाई मार्गदर्शन गरिरहेका छन् । 


हराउँदै गएको संस्कार,संस्कृतिको जागरणको लागि पनि आजको अवश्यकताको रुपमा रामनाम रहँदै आएको छ । यस रामनाम लेखन जपस्तम्भले रामनामलाई थप बलियो बनाउँदै लैजाने अपेक्षा गरिएको छ । 

जगद्गुरु श्रीरामानन्दाचार्य पीठ दिगम्बर अखाडा २०५३ मा रामानन्द सम्प्रदायका स्वामी बलरामदासजीबाट आफ्नो १६ रोपनी जग्गा दिई स्थापित गरेका हुन् । 

तस्विरहरु :




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.