add

सीताराम मन्दिर देवघाटधामको पीठाधीशमा रामशरण दासजी महाराज नियुक्त






ActPro Nepal

|

११ जेठ, २०७९

|
2119

दिपक घिमिरे - काठमाडौं । देवघाटधामस्थित सीताराम मन्दिर देवघाटधामको पीठाधीश पदमा रामशरण दासजी महाराज नियुक्त भएका छन् ।  

मंगलवार भव्य कार्यक्रमबीच रामशरण दासजी महाराजको पदाभिषेक गरिएको हो । 

मणिराम दास छावनी अयोध्याका महन्त श्री कमलनयन दासजी महाराजको  प्रमुख आतिथ्य परमानन्द संस्कृत गुरुकुल विद्यापीठका पूर्वछात्र रामशरण दासजी महाराज  (विनायक रेग्मी)ले   पदभार ग्रहण  गरेका हुन् । 

श्रीराम जन्मभूमी तीर्थक्षेत्र न्यासका अध्यक्ष पुज्य महन्थ नृत्यगोपाल दास महाराज अस्वस्थाको कारण उहाँको असिम कृपाले महन्त श्री कमलनयन दासजी महाराजको उपस्थित रहेको थियो । 

नेपाल सन्त समाज देवघाट धाम,राष्ट्रिय स्तरका विभिन्न संचार मध्यम,नेपाल पत्रकार महासंघ लगायत १०० औ को संख्यामा भगवान भक्तको उपस्थितिमा वैदिक सनातन गुरुपरम्परा अनुसार पदभार ग्रहण गरेका हुन् ।

उनले संस्कृत शिक्षाको अध्ययनको आरम्भ सोही आश्रमबाटै सुरु गरेका थिए । त्यही आचार्य तहको अध्ययन सिद्ध्याएका रामशरण दासजी  भारतका विभिन्न विश्वविद्यालयमा उच्च तहको अध्ययन गरेका छन् । उनि अहिले पिएचडीको तयारीमा रहेका छन् । 

पढाइको सिलसिलामै रहेका कारण  पीठाधीश सम्हालेको रामशरण दासजी महाराज भगवान श्रीरामको जन्मभूमि अयोध्या नै फर्किएका छन् । 

देवघाटधामस्थित  देवघाटधामहरुमा रेखदेख मणिराम दास छावनी अयोध्याको जिम्मामा हुँदै आएको छ । अहिलेको पीठाधीशको वृद्धा अवस्थाको कारण मणिराम दास छावनीले पीठाधीशको जिम्मा रामशरण दासजी महाराजलाई दिएको हो । 

पढाइ र योगविद्या समापनसँगै केही वर्षपछि नेपाल फर्किएर लोकमा सुख, शान्ति र मानव कल्याणको लागि अहोरात्र खटिने बताइएको छ । 

नेपालको लागि उनी नौलो होइनन्, केही वर्ष  जगद्गुरु रामानन्दाचार्य सेवापीठमा बिताएका थिए । 

देवघाट धाम नेपालको एक पवित्र धार्मिक स्थल हो । गण्डकी प्रदेशको तनहुँ, चितवन, नवलपरासी तीनै जिल्लाको संगमस्थल देवघाट धामको आफ्नै विशेषता छ । देभघाटधाम नारायणगढदेखि करिव ४ कि.मि उत्तर तर्फ रहेको छ ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.