add

साउनमा महिलाले हरियो चुरा लगाउनुको यस्तो छ महत्त्व






ActPro Nepal

|

४ साउन, २०७८

|
966

काठमाडौ । साउनमा महिना भगवानको पूजा अर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तजनहरूले गर्छन् ।

यस पावन महिनामा धर्तीमा चारैतिर हरियाली देखिन्छ । भोलेबाबाका भक्तजनहरूले हरियो रंगको कपडा लगाएर पूजा गर्छन् ।

महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । के हो त यस महिनामा हरियो रंगको महत्त्व ?

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो ।

हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ । विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ । 

बुध ग्रहको असर व्यक्तिको करियर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ ।

भगवान् शिव योगी हुनुहुन्छ । योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ । हरियो रंग लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ ।

त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.