add

सरकारले आफ्ना भ्रष्टाचारीलाई च्यापेरे अर्कोलाई लगेर तर्साइरहेको छ : बाबुराम भट्टराई






ActPro Nepal

|

६ कार्तिक, २०८१

|
54

पोखरा । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आफू निकटका भ्रष्टहरूलाई संरक्षण गरिरहेको आरोप लगाएका छन्।

ओम्नी, सहकारी, भुटानी शरणार्थी प्रकरणलगायतका काण्डहरूमा ठुला दलका सबैजसो नेताहरू संलग्न रहे पनि सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगाउने काम गरेको उनको जिकिर थियो।

सोमबारबाट पोखरामा सुरु भएको पार्टीको विधान अधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले सबै दलहरू भ्रष्टाचारमा लिप्त रहेकाले उनीहरूलाई समेत छानबिन गर्नका लागि एक छुट्टै संस्थाको आवश्यक रहेको तर्क गरे।

राष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्ति र शक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने खालको संस्था नबनाई मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम नहुने भट्टराईले बताए। उनले भ्रष्टाचार नियन्त्रणको कुरा मुखले भनेर मात्रै नहुने पनि दोहोर्‍याए।

अध्यक्ष भट्टराईले आफूले प्रधानमन्त्रीको रुपमा मुलुकमा सुशासन कायम गर्न पहल गरेकाले अहिले पनि भ्रष्टाचारको अन्त्यको विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.