add

रास्वपा कार्यकर्ताले आफ्नै पार्टीका पालिका संयोजकलाई कुटेपछि...






ActPro Nepal

|

६ कार्तिक, २०८१

|
59

काठमाडौं । पोखरामा रवि लामिछानेको पक्षमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गाउँपालिका संयोजकलाई कुटेका छन् ।

आइतबार रास्वपा सभापति रवि लामिछानलाई म्याद थपका लागि अदालत लैजाँदै गर्दा अदालत जाने बाटो छेकेर प्रदर्शन गरिरहेका कार्यकर्ताहरूले रास्वपाकै मादी गाउँपालिका संयोजक पदमराज पौडेललाई कुटेका हुन्।

आफ्नै पार्टीका कार्यकर्ताहरूको कुटपिटबाट पौडेल घाइते भएका छन्। उनको ओठमा दुई टाँका लगाइएको छ।

आइतबार पोखराको शहिद चोक क्षेत्रमा प्रदर्शनरत रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसक्रममा रास्वपा कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भएको थियो।

भिड अनियन्त्रित भएपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि पानीको फोहरा प्रहार गरेको थियो। प्रहरीले पानीको फोहरा  हान्न थालेपछि पौडेलले पानीको बोत्तल प्रहरी भएतिर प्रहार गरेका थिए। आफूले प्रहरीमाथि बोत्तल प्रहार गरेपछि प्रदर्शनरत रास्वपाकै कार्यकर्ताहरूले आफूमाथि घुसपैठियाको आरोप लगाउँदै कुटपिट गरेको पौडेलले बताएका छन्।

आफूमाथि निर्घात कुटपिट हुँदा त्यहाँ उपस्थित प्रहरीहरू पनि छुट्याउन नआएको उनले बताएका छन्।

कुटपिट भएपछि रास्वपाकै कार्यकर्ताहरूले उनलाई त्यहाँबाट निकालेका थिए। भिडबाट निकालेर लैजाँदै गर्दा पनि अरू कार्यकर्ताहरुले आफूमाथि लात्ती र मुक्का हानिरहेको उनले बताएका छन्।

त्यहाँबाट उद्धार भएपछि आफै अस्पताल गएर उपचार गरी घर फर्किएको पौडेलले बताएका छन्।

पालिका संयोजकमाथि कुटपिट भएको सूचनापछि सोमबार बिहान रास्वपा उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरू पौडेललाई भेट्न उनकै घर पुगेका थिए। भेटमा उनले आफूलाई कार्यकर्ताहरूले नचिनेर कुटपिटमा उत्रिएको बताउँदै अब आन्दोलनमा नजाने तर पार्टीमा सक्रिय भइरहने बताएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.