add

नेसपामा १ सय ५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव






ActPro Nepal

|

५ कार्तिक, २०८१

|
121

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)  को केन्द्रीय समिति अधिकतम १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ।सोमबारदेखि पोखरामा सुरु हुने प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो। 

प्रस्तावित विधानमा १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ।जसमा एक जना अध्यक्ष, उपाध्यक्ष पाँच जना, महासचिव एक, पाँच जना सचिव र एक जना कोषाध्यक्ष रहने उल्लेख छ। 

नेसपाको सङ्गठनात्मक स्वरूप र संरचनामा  पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ भने  सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरूको व्यवस्था गरिएको छ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.