add

२०४५ सम्म हरितगृह ग्यास उत्सर्जन घटाउनमा सरकार प्रतिबद्धः मन्त्री राणा






ActPro Nepal

|

१ कार्तिक, २०८१

|
13

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गत असोज ११ र १२ गते आएको बाढी र पहिरो जलवायु परिवर्तनको प्रत्यक्ष असर रहेको बताएकी छिन्।

नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित क्लाइमेट कन्क्लेभ २०२४ को ‘द कल अफ माउन्ट एभरेस्ट फर ग्लोबल क्लाइमेट एक्सन’ नामक छलफलमा सहभागी हुँदै उनले जलवायु परिवर्तन र यसका असरबारे नेपालको वर्तमान अवस्था प्रकाश पारिन्।

उनले हालैको विनाशकारी बाढीले नेपालमा २५० भन्दा बढीको ज्यान लिएको प्रसंग उल्लेख गर्दै यो आपतकालीन घटना जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको बताइन्।

‘तीन दिनको भारी वर्षाले नेपालमा ठूलो जनध्नको क्षति भयो। यस्तो चरम मौसमीय घटना हामीले पहिले पनि देखेका थियौँ, तर अहिले झन् तीव्र र विनाशकारी बनेको छ’, मन्त्री देउवाले भनिन्।

उनले यस किसिमका घटनाहरूले मुलुकभर जनधनको ठूलो क्षति पु¥याएको बताउँदै जलवायु परिवर्तनको असर आगामी दिनमा झन् गहिरो बन्ने चिन्ता व्यक्त गरिन्।

नेपालले ग्लोबल क्लाइमेट फन्डमार्फत दुई परियोजनामा सहभागिता जनाइसकेको र यसलाई जलवायु अनुकूलन तथा क्षतिपूर्ति योजनामा परिणत गर्ने प्रयास भइरहेको पनि उनले बताइन्।

‘हामीले नगरेको दोषको मार हामीले नै भोग्नुपरेको छ,’ देउवाले भनिन्, ‘२०४५ सम्म हरितगृह ग्यास उत्सर्जन घटाउने र ४५५ वनक्षेत्र विस्तार गर्ने हाम्रो प्रतिबद्धता छ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.