add

संविधानले नेपाली जनताका कैयन सपनाहरुलाई सम्बोधन गरेको छः नेता कोइराला






ActPro Nepal

|

३ असोज, २०८१

|
188

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरुलाई सम्बोधन गरेको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको भन्दै विश्वमै नेपालको संविधानले देशको विविधतालाई सम्बोधन गर्न सकेकोमा प्रशंसा गरे।

उनले नागरिकको सम्प्रभूत्तालाई मुलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निणर्य लिने ठाउँमा सामाजिकरुपले वञ्चना परेका सवै समुहको प्रतिनिधित्व हुनु सामान्य कुरा भएको उल्लेख गरे।

महिलाहरुको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तलदेखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको यो समुह राष्ट्र निर्माणको प्रक्रियामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘संविधान गतिशिल दस्तावेज हो। जसरी समाज गतिशिल हुन्छ र समाजमा उठ्ने मुद्धाहरु पनि समय सापेक्ष फरक–फरक हुन्छन्। यसरी गतिशिल समाजका मुद्धाहरुलाई संविधानले सम्बोधन गर्न जरुरी हुन्छ। आज नेपालको संविधानलाई सुधार्ने र परिमार्जन गर्ने वहस यही कारणले छलफलमा छ।’

नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमान्दारीतापूर्वक लागु गर्न यस कालखण्डमा सत्तामा वसेका नेताहरुले खास ध्यान पुर्याउँदा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र लागु भए पनि संस्कारजन्य रुपमा एकात्मक राज्यको सोच र सिंहदरवार नै सवै थोक हो भन्ने मानसिकतावाट हामी मुक्त हुन नसकेको उनको भनाइ छ। उनले  यीनै कारणले संविधान र संघीय संरचनामाथि दबाब रहेको पनि बताए।

राज्यको नयाँ संरचना निर्माण पछि उत्पन्न कानुनी जटिलताहरुलाई सम्बोधन गर्न ऐन कानुनहरु जुन तिब्रताका साथ निर्माण गर्नुपर्थ्यो हामी त्यसमा चुकेको पनि उनले बताए।

उनले भने, ‘कैयन कानुनहरु समयमा बनेनन्, कैयन अझै बनेका छैनन। एकातिर राज्यसंरचनालाई अगाडि बढाउने ऐन कानुनहरुको अभाव भयो भने अर्कोतिर संविधानको आफु अनकूल व्याख्या गर्ने राजनीतिक नेतृत्वको सोचले आम मानिसमा संविधानप्रति निराशा छायो। सरकार र राजनीतिक दलहरुले नेपालको सुन्दर भविष्य संविधानको जगवाट मात्र निर्माण गर्न सकिन्छ भन्ने हेक्का राख्न नसक्दा देशमा सामाजिक न्याय, आर्थिक वृद्धि सुशासनका कुराहरु केवल गफ र भाषणमा मात्रै सिमित भएको आरोप यतिखेर नागरिकवाट आईरहेको छ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.