add

कांग्रेसले टुंग्यायो उम्मेदवार , इलाममा खड्का, बझाङमा सिंह






ActPro Nepal

|

२२ चैत, २०८०

|
52

काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। 

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले  इलाम क्षेत्र नम्बर-२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्रमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा. शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

अन्य दलले भने दुवै क्षेत्रमा यसअघि नै उम्मेदवार टुंगो लगाइसकेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.