काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीयम संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा ३६.२५ प्रतिशतले घटेको छ ।
लघुवित्तले गत पुस मसान्तसम्म ४ करोड ४१ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ करोड ५२ लाख रुपैयाँ कम हो । गत आवको दोस्रो त्रैमासमा लघुवित्तले ६ करोड ९३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घट्दा र खराब कर्जा बढ्न गई इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा भारी गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेर ११ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा सञ्चालन नाफा ३४.६८ प्रतिशत घटेर ६ करोड ४६ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ६ गुणाले बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन तथा सापटी लिई ६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १३ करोड ११ लाख र जगेडा कोषमा १७ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।
लघुवित्तको वितरणयोग्य मुनाफामा ३ करोड ६७ लाख रुपैयाँ छ । नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँबाट घटेर ९.३६ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३२.९२ रुपैयाँ रहेको छ । यस अवधिमा खराबकर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेका छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।