add

अदालतमा विचाराधीन विषय संसद्‌मा उठाइनुहुन्न : रवि लामिछाने






ActPro Nepal

|

११ जेठ, २०८०

|
289

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधीन विषय संसद्‌मा उठाएको भन्दै काँग्रेस सांसद अजय चौरसियाको विरोध गरेका छन्।

बुधवार प्रतिनिधिसभामा काँग्रेस सांसद चौरसियाले लामिछानेको नागरिकतासम्बन्धी विवादबारे बोलेका थिए। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत माग गरे।

अदालतमा विचाराधीन विषय संसद्‌मा उठाउन नपाउने भएकाले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेको भनाइ थियो। उनले उक्त प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि बताए। उनले अदालतमा विचाराधीन विषयलाई हल्लाको भरमा संसद्‌मा नबोल्न पनि सांसद चौरसियालाई सचेत गराए।

रास्वपा सभापति लामिछानेले भने, ‘सम्माननीय सभामुख महोदय, सम्मानित अदालतमा भएको विषयलाई रोष्टममा बसेर उठाएर माननीयजीले के कुरा गर्न खोज्नुभएको हो ?  यो सम्मानित अदालतको अपमान हो कि अथवा उहाँले सुनेका भरमा कुराकानी गर्न खोज्नुभएको हो कि ? मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो ? तपाईंको जानकारीका लागि माननीयज्यू, सम्मानित अदालतमा मैले नमागे पनि अस्तिका दिन गएर बुझाएर त्यसलाई दर्ता गराएर उपलब्ध गराएको छु।’

सांसद चौरसियाले लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा पेस नगरी पुनः नागरिकता लिने काम गरेको जिकिर गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले त्यस विषयमा थप कुरा नगर्न सांसद चौरसियालाई सचेत गराएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.