add

भीम रावलको टिप्पणी : आगामी निर्वाचनमा सत्ता गठबन्धनकाे तालमेल संविधानविपरीत






ActPro Nepal

|

२० साउन, २०७९

|
479

काठमाडौं । नेकपा एमाले नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन्। 

रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनै पनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरीत हुने बताएका हुन्।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरीत तालमेलको नाममा लोकप्रिय मत मागेको उनले बताए। रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निश्पक्ष र भयरहित वातवरणमा गराउनुपर्नेमा जोड दिए।

रावलले निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरुको सरुवा र केही महत्वपूर्ण नियुक्ती गरेको भन्दै विरोध जनाउनुभयो। त्यस्तै रावलले निर्वाचनमा उम्मेद्धवारले मनोनयन गर्दाको समयसम्म सांसद पद कायम रहने जिकिर गरे।

उनले हिन्द प्रशान्त क्षेत्रमा शक्ति राष्ट्रहरुको बीचमा प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै ताइवानमा अमेरिकी सभामुखको भ्रमणपछि त्यहाँ तनाव उत्पन्न भएको पनि बताए। त्यस्तै, रावलले नागरिकतासम्बन्धी प्रावधान खुकुलो बनाइएकोमा आक्रोश व्यक्त गरे। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.