add

मतदाता नामावली संकलन आजदेखि स्थगित






ActPro Nepal

|

२० साउन, २०७९

|
625

काठमाडौं। निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम आजबाट स्थगित गर्दैछ। 

चुनावको मिति घोषणा भएको पत्र पाउनासाथ निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गर्ने अभ्यास अनुसार आजबाट रोक्न लागेको हो।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि स्थगित हुने छ ।

अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.