add

तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौंः निर्वाचन आयोग






ActPro Nepal

|

१९ साउन, २०७९

|
566

काठमाडौं ।   निर्वाचन आयोगले सरकारले तोकेको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ सम्पन्न गर्न सक्षम रहेको जानकारी दिएको छ ।

 सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको मिति घोषणा गरेपछि आयोगले पत्रकार सम्मेलन गर्दै तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न पूर्ण रुपमा प्रतिवद्ध रहेको जानकारी दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन मिति घोषणा भएकामा सरकारलाई धन्यवाद समेत दिएका छन् । निर्वाचन मिति घोषणा भएसँगै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुने भन्ने संवैधानिक र कानुनी अस्पष्टता अन्त्य भएको आयोगको ठहर छ ।

 यसले आगामी आवधिक निर्वाचनलाई पनि मार्गप्रशस्त गरेको आयोगले दाबी गरेको छ । निर्वाचनका लागि कम्तिमा १२० दिन चाहिने भएपनि मंसिर ४ सम्म १०७ दिनको समय रहेको र उक्त समय आयोगका लागि पर्याप्त रहेको प्रवक्ता पौडेलले बताए ।

 उनले निर्वाचनका लागि आवश्यक प्रक्रिया भोलिदेखि नै सुचारु हुने बताए ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.