add

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह – झलनाथ खनालको उपचार खर्च जुटाउन तयार छौं, सरकारी खर्च प्रयोग नगरौं






ActPro Nepal

|

६ साउन, २०७८

|
1600

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्न नहुने बताएका छन्।

बुधवार सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने बताएपछि थापाले त्यसमा प्रतिक्रिया जनाएका हुन् ।

०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था भएको र ०७५ असोज २ गतेदेखि लागू भइसकेको उनले स्मरण गरेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने चर्चा चलिरहेको समयमा थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

‘जहाँसम्म पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याउनुभएका झलनाथ खनालले पछिल्लोपटक निजी नाफाघाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनुभएको छ यसले उहाँको कद अझ बढेको छ। झलनाथ खनालसमेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौँ,’ उनले भनेका छन्, ‘उहाँको उपचारका लागि परिवार, स्वजन, पार्टीपंक्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आएमा त्यसको लागि देश–विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै। यस्तो वेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाई उहाँको बारेमा अनावश्यक टीका–टिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’

म‌‌‌‌‌‍गलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटार पुगेर प्रधानमन्त्री देउवाले भारतको नयाँ दिल्लीमा उपचाररत खनालको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता दोहोर्याएका थिए । खनालको मृर्गौला र स्वासप्रश्वासमा समस्या आएपछि काठमाडौंस्थित नर्भिक हस्पिटलमा उपचाररत खनाललाई २ असारमा नयाँ दिल्लीको एपोलो हस्पिटल भर्ना गरी उपचार जारी छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.