add

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा राज्यको १ करोड २६ लाख खर्च






ActPro Nepal

|

१७ कार्तिक, २०७७

|
1622

काठमाडौं । जनतालाई आफ्नो उपचार आफै गर्न भनेर निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि राज्यबाट ठूलो रकम लिएको खुलासा भएको छ ।

अर्थ मन्त्रालयको रिपोर्टअनुसार उनको उपचारका लागि ०७३ सम्म मात्र राज्यले एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको थियो ।

त्यसयता पनि उनी पटक–पटक सिंगापुर गएका छन् । पछिल्लोपटक गत वर्ष सिंगापुर जाँदा भने उनले हवाई खर्चबाहेकको रकम आफैँ व्यहोर्ने घोषणा गरेका थिए ।

उनी मात्र होइन, नेता र पहुँचवालाको उपचारमा राज्यकोषबाट चार अर्ब खर्च भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार ०६२/ ६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

‘यो रकम खर्च भएको भए नेपालमा एउटा स्तरीय अस्पताल खोल्न सकिन्थ्यो जहाँ नेता तथा जनताको निःशुल्क उपचार गर्न सकिन्थ्यो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, ठूलाबडाको ध्यान विदेशमै उपचार गर्ने भन्ने छ, त्यसैले पैसा विदेश गएको छ, देशको स्वास्थ्य सेवा पछाडि परेको छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.