add

ओली-प्रचण्डको प्रस्ताव: ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने (प्रस्तावसहित)






ActPro Nepal

|

२५ भदौ, २०७७

|
629

काठमाडौं। सत्तारुड दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको आजको छलफलले १५ बुँदे प्रस्ताव तयार गरेको छ।

पार्टी एकताको दुई वर्ष बितिसक्दा पनि एकीकरण प्रक्रियाले पूर्णता पाउन सकेको छैन। तर, शुक्रबार बस्ने स्थायी समितिको बैठकमार्फत बाँकी प्रक्रियालाई नतिजा नजिक पुर्‍याउने प्रयास गरिनेछ।

नेकपाको सुझाव कार्यदलले यसअघि पार्टी एकताको बाँकी प्रक्रिया र विवाद टुङ्ग्याउन अध्यक्षद्वयलाई सुझाव दिएको थियो। सोही सुझावअनुसार केपी ओली र प्रचण्डले शुक्रबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नका लागि पार्टी एकता, पार्टी पद्धती र संस्थागत प्रणाली लगायतलाई समेटेर तयार पारिएको प्रस्तावमा निम्न १५ बुँदा उल्लेख छन्।

१. पार्टी एकताको महत्त्वपलाई आत्सात गर्ने
२. पद्धती र संस्थागत प्रणालीलाई सबल तुल्याउने
३. अध्यक्षद्वयको कार्य विभाजन तथा कार्याधिकार स्पष्ट गर्ने
४. पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने
५. राजनीतिक तथा संगठनात्मक क्षेत्रको कामलाई गतिशील एवम् प्रभावकारी बनाउने
६. एकताको राष्ट्रिय महाधिवेशन २०७७ साल भित्रै (चैत २५ देखि ३० गते भित्र काठमाडौंमा सम्पन्न गर्ने)
७. सरकारको कामका सम्बन्धमा पार्टी भित्रबाट उत्पन्न हुने अन्तरविरोध, समयगत चुनौती लगायतकोे समाधान गर्ने
८. संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने
९. प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने
१०. नेपालको सीमा समस्या र समाधानका लागि भारतीय फौज हटाउन र अतिक्रमित नेपाली भूमिमा नेपालकको हकभोग स्थापित गर्ने
११. कोभिड–१९ महामारीको रोकथाम नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने
१२. बाढी–पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने
१३. शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने
१४. प्रतिष्ठानहरुको व्यवस्थापान तथा सञ्चालन विधि निश्चित गर्ने
१५. मिलेनियम च्यालेन्स कम्प्याक्ट सम्झौताका सम्बन्धमा कार्यदलको प्रतिवेदन उपरस्थायी कमिटी र सचिवालयमा छलफल गर्ने।


अध्यक्षद्वयले तयार पारेको यो प्रस्तावको बुँदा नम्बर तीनमा राखिएको ‘अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने’ प्रस्तावअनुसार दुई अध्यक्षको स्पष्ट कार्यविभाजन र कार्याधिकार पनि तोकिनेछ। यसअनुसार प्रतिनिधि सभाको जारी कार्यकाल भरी प्रधानमन्त्री केपी ओली नै रहने निश्चित गर्छ।

उक्त बुँदामा भनिएअनुसार केपी ओली प्रतिनिधिसभाको जारी कार्यकालभरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रीत रहने छन्।

त्यस्तै, प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्नेछन्। यसक्रममा बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टीको कार्यगत जिम्मेवारीमा केन्द्रीत हुनेछन्।

जसअनुसार पार्टी विधानअनसार अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तया गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने त्यसैअनुरुप बैठक सञ्चालन गरिनेछ।

त्यस्तै, दुवै अध्यक्षले पाटी र सरकारबीचको कामलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्ने प्रस्ताव तयार भएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.