add

नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै, कांग्रेसका नेता तथा कार्यकर्ताले सीमास्तम्भ तोडफोड गरे






ActPro Nepal

|

२ चैत, २०७६

|
1376

कञ्चनपुर  । नेपाली भूमि अतिक्रमण भएको भन्दै कञ्चनपुरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् ।

जिल्लाको बेलडाँडी गाउँपालिका ३ बैवाहमा भारतले निर्माण गरेको ७८३/४ नम्बरको नेपाल-भारत सीमास्तम्भ स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार भत्काएका हुन्।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरेको जानकारी दिए ।

“शनिबार कांग्रेस कार्यकर्ताले नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेछन्,” उनले भने, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए ।”

भारतले नेपाली भूमि हडप्न आफूहरूको लालपुर्जावाला जमिनमा सीमास्तम्भ खडा गरेकाले तोडफोड गरिएको स्थानीय वीरसिंह कुवँरले बताए।

नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहराले सरकारको बेवास्ताले नेपाली भूमि भारतले अतिक्रमण गर्न लागेको गुनासो गरे। वार्ता र छलफलबाट अतिक्रमण समस्या सुल्झाउने पर्ने उनको सुझाव छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.