add

सभापछि आफैँ सडक सफा गर्छन् राप्रपाका कार्यकर्ताहरू






ActPro Nepal

|

२५ चैत, २०८१

|
1132

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभा सम्पन्न भएलगत्तै कार्यक्रम स्थलमा फोहोर संकलनको काम थालेको छ।

कार्यक्रमपश्चात् महानगरपालिकाले जरिवाना गर्नसक्ने अवस्था देखेर राप्रपाका नेता तथा कार्यकर्ताहरू स्वयंले फोहोर व्यवस्थापनमा सक्रियता देखाएका हुन्।

कार्यक्रमको दौरानमै उद्घोषकले सहभागिहरूलाई पानीका बोतल तथा अन्य फोहोरहरू व्यवस्थापन गर्न आग्रह गरेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति संकेत गर्दै उनले भनेका थिए, “एकजना पत्र काट्न तयार भएर बसेको छ, त्यो पत्र आउँछ, तपाईंले फोहोर नबोकेको भए पनि राप्रपाको नाममा आउँछ।”

सभामा सहभागी भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत सम्बोधन गर्दै मेयर बालेनलाई सन्देश दिए। “बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,” लिङ्देनले भने, “हाम्रा साथीहरूलाई म आफैं सफा गरेर जान आग्रह गर्छु।”

राप्रपाले कार्यक्रमको सन्देश मात्र नभई जिम्मेवार व्यवहारमार्फत नागरिक अनुशासनको समेत प्रदर्शन गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.