add

के तातो पानी पिउँदा कोलेस्ट्रोल घट्छ ? जानौं यसका फाइदा






ActPro Nepal

|

३० फागुन, २०७९

|
509

काठमाडौं । तातो वा मनतातो पानी पिउनु शरीरका लागि फाइदाजनक छ । तर यसको धेरै सेवनले शरीरलाई नोक्सान पुर्‍याउन पनि सक्छ । तातो पानी पिउँदा पाचन प्रक्रिया देखि लिएर अन्य गम्भीर समस्याहरु समाधान हुन्छ ।

मनतातो पानीले पाचनतन्त्रलाई बलियो बनाउने काम गर्छ । त्यस्ता व्यक्ति जो कब्जीयत तथा अपचको समस्या झेलिरहेका छन् उनीहरुका लागि तातो पानी रामवाण हो ।

हाई कोलेस्ट्रोलको समस्यामा पनि तातो पानी पिउनु फाइदाजनक मानिन्छ । स्वस्थ व्यक्तिको शरीरमा कोलेस्ट्रोलको मात्रा २०० मिलीग्राम प्रति डीएल भन्दा धेरै हुनु हुँदैन ।

यो भन्दा धेरै कोलेस्ट्रोलको मात्रालाई हाई कोलेस्ट्रोल भनिन्छ । यसबाट छुट्कारा पाउनका लागि नियमित रुपमा मनतातो पानी पिउनु फाइदाजनक मानिन्छ ।

आरोग्य हेल्थ सेन्टरका आयुर्वेदाचार्य डा. एस के पान्डेयका अनुसार तातो पानी पिउँदा तपाईंको शरीर डिटक्सीफाइ हुन्छ र शरीरमा मौजुद विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

धेरै अस्वस्थ खानपिन र तैलीय चीजहरु खाँदा तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । जसकारण शरीरमा रक्तसञ्चार तथा रक्तचाप प्रभावित हुन्छ ।

तातो पानी पिउनाले रक्तनलीहरुमा पाइने लिपिड्सलाई कम गर्छ जसले गर्दा कोलेस्ट्रोल कम गर्न फाइदा पुग्छ ।

तातो पानी पिउनुका अन्य फाइदा

शरीरमा रक्तसञ्चार सही हुन्छ ।

शरीरमा मेटाबोलिज्म बुस्ट गर्छ ।

तौल कम गर्न फाइदाजनक हुन्छ ।

कब्जीयत तथा पाचनसँग जोडिएका समस्यामा फाइदा गर्छ ।

तातो वा मनतातो पानीको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । दिनहुँ बिहानको समयमा तातो पानी पिउँदा धेरै फाइदा हुन्छ । तर ध्यान दिनुहोला एकदमै धेरै तातो पानीको सेवनले शरीरलाई हानी गर्छ ।

हाई कोलेस्ट्रोललाई तातो पानीले नै ठिक गर्छ भन्ने हुँदैन यस्तो समस्या आएमा पहिला डाक्टरसँग सल्लाह लिनु नै उचित हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.