सुमन र जियोन बने ‘फेस अफ नेपाल २०२६’ को विजेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुमन श्रेष्ठ र जियोन तामाङ ‘फेस अफ नेपाल २०२६’ को विजेता बनेका छन्।

ग्वार्कोस्थित रोयल टुलिपमा सम्पन्न ग्रान्ड फिनालेमा महिलातर्फ सुमन श्रेष्ठ र पुरुषतर्फ जियोन तामाङले उपाधि जितेका हुन्। त्यस्तै आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित भएका छन्।

अब यी चारै जनाले नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्नेछन्। एमएस प्रोडक्सनले आयोजना गरेको प्रतियोगिताको फिनालेमा आठ जना महिला र ११ जना पुरुष गरी कुल १९ जनाले प्रतिस्पर्धा गरेका थिए।

बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबीच ‘फेस अफ नेपाल’को ग्रान्ड फिनाले भएको हो। विपत्तिको अवस्थालाई ध्यानमा राख्दै आयोजकले कार्यक्रमलाई एक सातापछि सारेको थियो। तर, प्रायोजक र फिनालेको लोकेसन पहिल्यै तय भइसकेकाले थप समय सार्न सम्भव नभएको नेसनल डाइरेक्टर मेनुका माझीले बताइन्। बाढीपीडितलाई राहत पनि वितरण गरेको उनले बताइन्।

फिनालेको निर्णायकमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, फेस अफ नेपाल-२०२१ तथा अभिनेत्री, मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, फेस अफ नेपाल-२०२४ का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक तथा फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका थिए।

‘फेस अफ नेपाल २०२६’ को मुख्य प्रायोजन स्टार बोस कफी तथा सह-प्रायोजन यामाहा रेसिङले गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।