add

धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने






ActPro Nepal

|

२८ भदौ, २०७९

|
740

काठमाडौं ।  भन्ने गरिन्छ नि रिस खा आफु बुद्दी खा अरु चलन विविधता नै छ । रिस उठ्ने बानि स्वास्थ्याको लागि पनि नराम्रो पक्ष हो । हाम्रो दैनिक जिवनका स–साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ । 

आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् । 

रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ । धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ । 

धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ् अनुसन्धानले देखाएको छ । बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ । एजेन्सी 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.