add

चिसोमा कुर्कुच्चा फुट्यो ? यस्ता छन् घरेलु उपाय






ActPro Nepal

|

२८ कार्तिक, २०७७

|
1162

काठमाडौं । चिसो मौसममा हातखुट्टा खस्रो हुनु स्वाभाविक नै हो । त्यसमा पनि कुर्कुच्चा फुट्ने समस्याले धेरैलाई सताउँछ । फुटेको कुर्कुच्चाले पीडा त दिन्छ नै, साथमा खुट्टाको सुन्दरतालाई पनि पूरै नष्ट गरिदिन्छ ।

शरीरमा जब क्याल्सियमको कमी हुन थाल्छ, त्यतिवेला पैताला तथा कुर्कुच्चा फुट्न सुरु हुन्छ । यसरी कुर्कुच्चा फुट्ने समस्याबाट बच्न तथा कुर्कुच्चा फुट्न नदिन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

प्रयोग गर्ने तरिका :


नुहाउँदा आफ्नो कुर्कुच्चालाई स्क्राबले सफा गर्नुपर्छ । त्यसो गर्दा मृत छाला र फोहोर निस्कन्छ । बाहिरबाट घर आइसकेपछि आफ्नो खुट्टालाई तातो पानीमा डुबाएर सफा गर्नुपर्छ ।

कुर्कुच्चालाई नरम बनाउनुपर्छ :
पैतालामा तेल ग्रन्थी नभएका कारण यो सधैं सुख्खा हुन्छ । त्यसको लागि तपाईं राति सुत्नु अगाडि त्यसमा तेल अथवा क्रिमले मसाज गर्नुपर्छ ।

केराको गुदी : फुटेको कुर्कुच्चामा केराको गुदी लगाउनुपर्छ । त्यसलाई १० मिनेटसम्म राखेर त्यसपछि चिसो पानीले धुनुपर्छ । जबसम्म तपाईंको खुट्टा राम्रो हुँदैन । तबसम्म दिनमा एक पटक गर्नुपर्छ ।

कागती : खुट्टालाई कागती र तातो पानीको घोलमा १५ मिनेटसम्म डुबाउनुपर्छ । पैतालालाई स्क्राब गर्नुपर्छ । राम्रोसँग धोएर मोइस्चराइजर लगाएर मोजा लगाउनुपर्छ ।

ग्लिसिरीनको घोल : आधा बाल्टिन पानीमा ग्लिसिरीन हाल्ने र १० मिनेटसम्म त्यस घोलमा खुट्टा डुबाउने गर्नुपर्छ । त्यसपछि चिसो पानीले खुट्टा धुनुपर्छ र आफैं सुक्न दिनुपर्छ । खुट्टा सुकेपछि लोसन लगाएर आफ्नो खुट्टालाई नरम बनाउन सकिन्छ ।

मेवाको गुदी : सुख्खा कुर्कुच्चालाई पाकेको मेवाको गुदिले मसाज गर्नुपर्छ । यसो गर्दा पैताला धेरै फुट्न पाउँदैन र मुलायम पनि हुन्छ ।

दुध र मह : दुधलाई महसँग मिसाउने र त्यसमा आफ्नो खुट्टा १५-२० मिनेटको लागि डुबाउनुपर्छ । त्यसपछि हल्का स्क्राब गर्नु र पछि तातो पानीले धुनुपर्छ ।

नुन : आधा बाल्टी पानीमा नुन हाल्नुपर्छ र राम्रोसँग चलाउनुपर्छ । नुनले तपाईंको कुकुच्चाको मृत छाला निस्कन्छ र खुट्टा कोमल बन्छ ।

तेल मसाज : २० मिनेटको लागि तेल मसाज गर्नुपर्छ र १ घण्टाको लागिखुट्टालाई त्यसै छाडिदिनुपर्छ । यो प्रक्रियालाई हप्तामा तीन पटक राति सुत्नु अगाडि गर्नुपर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.