add

औषधिय गुणले भरिपूर्ण वनस्पति बेलपत्र, के छ यसको महत्व ?






ActPro Nepal

|

६ साउन, २०७७

|
1664

काठमाडौं ।  बेलपत्र आफैमा औषयिध गुणले भरिपूर्ण वनस्पति मानिन्छ ।

बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरू र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।

अपच, रुघा, ज्वरो, दम जस्ता समस्याहरुमा बेलपत्रको सेवन उपयोगी मानिन्छ ।

पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ । बेलको पत्ताको रस पूरै शरीरमा लगाउनुपर्छ र एक घन्टापछि नुहाउनुपर्छ । यसबाट शरीरको दुर्गन्ध हट्छ ।

भिटामिन सीको कमिले स्कर्वी रोग लाग्छ । बेल भिटामिन सीबाट भरपुर हुन्छ । त्यसैले यसको सेवन गरेर तपाईं स्कर्वी रोगबाट बच्न सक्नुहुन्छ । पाकेको बेलको गुदीलाई पानीमा उमाल्नुपर्छ । त्यसपछि पानीलाई चिसो बनाएर त्यसले कुल्ला गर्दा मुखभित्रको छाला ठीक हुन्छ ।

मुटुका रोगीहरूका लागि बेलपत्रको प्रयोग अत्यन्त प्रभावकारी मानिन्छ । दिनहुँ बेलपत्रको काडा दैनिक मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ ।

सासका रोगहरूमा पनि बेलपत्रले अमृतको काम गर्छ । यसको पत्तालाई पीसेर रस बनाउनुपर्छ र नियमितरुपमा यसको सेवन गर्नुपर्छ, निकै लाभ मिल्नेछ । ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठीक हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.