add

किन खानुहुँदैन साउनमा मासु र रक्सी ? यस्तो छ कारण






ActPro Nepal

|

५ साउन, २०७७

|
3693

काठमाडौं ।  साउन महिनालाई विशेष पवित्र महिनाको रुपमा हेरिने गरेको छ । यस महिनालाई महिलाहरुले भने विशेष चाडकै रुपमा लिने गरेको छन् । विशेषत हिन्दुधर्मलम्बीहरुको लागि साउन विशेष हुन्छ । यस महिनाको सोमवार महादेवको व्रतबस्ने प्रचलन पनि रहि आएको छ भने यस महिनामा माछा मासु नखाने चलन पनि रहेको छ ।

पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देबता महादेब शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरी निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गयो भन्ने पनि बुढापाकाहरुको मुखबाट सुन्ने गरिन्छ । हुन त शिवको पूजाआजा बालाचर्तुदशी – मंसिर, माघे संक्रान्ति – माघ, शिवरात्री – फागुन अक्षय तृतीया – बैशाखजस्ता अरु महिनामा पनि विशेष रुपमा हुन्छ ।

यद्यपि महिनाभरीनै शिवको पूजा हुने महिना भने साउन मात्र हो ।  हरेक महिनामा आउने चाडपर्व तिथिमितिको अर्थ महत्वपूर्ण छ । वर्षयाम चलिरहेको हुँदा शास्त्रमा बताइए अनुसार धान रोप्नु, साउने संक्रान्तिमा तुलो फाल्नु, साउने सोमबमरका दिन ब्रत बस्नु आदि काम भने पिता पुर्खादेखिको विश्वासमा साउन महिनामानै गरिन्छ । विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा – आरधना गरि ब्रत बस्ने गर्छन् ।

साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजिको पूजा–आरधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । साउन महिनामा बढी वर्षा हुने , झरी पर्ने र किटाणुको संक्रमण हुने हुँदा तुलो फाल्ने चलन पनि छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु,लसुन एवं उत्तेजित हुने खाना खानु हुदैन । पहिले महिलाहरु साउनमा आफुसंग भएका गरगहना, साडी, टीका, लगाई सजिने तथा सोमबार चोखो खाएर ब्रत बस्ने चलन थियो ।

पहाडमा भने यो पर्व त्यती मान्ने र ब्रत बस्ने चलन थिएन । यद्यपि केही समययता भने तराई तथा भारतिय संस्कृति, टेलिभिजन, चलचित्र आदिको प्रभावले साउन अर्थात् साउने सोमबार एउटा पर्वको रुपमा बिकसित भएको छ ।  हरियो चुरा, हरियो बस्त्र लगाउने कुरालाई प्रमाणित गर्न सकिएको छैन । साउन महिना भरि हरियो चुरा, हरियो बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु संस्कृति, संस्कार र विश्वास अझ गाढा हुदै गएको छ ।

धार्मिक कारण

यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ । शिवशक्तिको पूजन गर्ने पवित्र महिनामा अपवित्र मासु र

रक्सी किन पिउनु ?

जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

वैज्ञानिक कारण

रक्सी त जुनसुकै बेलामा पनि पिएको नराम्रै हो । स्वास्थ्यलाई नराम्रो असर गर्छ यसले । साउनमा पनि किन रक्सी पिउनु त ?  अनि मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छन् । बर्खाको मौसममा पशुहरूलाई अनेकौं किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ भन्ने चलन पनि रहि आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.